सरकार शिक्षक आन्दोलन असफल बनाउने षड्यन्त्र गरिरहेको छ : एकीकृत समाजवादी

फाष्ट ट्रयाकबाट विद्यालय शिक्षा ऐन पारित गर्न माग

आइतबार, १४ बैशाख, २०८२
डिजिटल संस्करण

नेकपा (एकीकृत समाजवादी)ले सरकारले शिक्षक आन्दोलन असफल बनाउने षड्यन्त्र गरिरहेको आरोप लगाएको छ। वार्ता गरेर विद्यार्थीहरूको पठनपाठन सुचारु गर्नुपर्नेमा सरकार आन्दोलनप्रति उदासीन र आक्रामक बनेको एकीकृत समाजवादीको आरोप छ।

आइतबार पार्टीको सचिवालय बैठकले पारित गरेको विशेष प्रस्तावमा भनिएको छ, ‘सरकारले राज्य शक्तिको दुरुपयोग गरेर शिक्षकहरूको शान्तिपूर्ण प्रदर्शनमा दमन गर्ने, लाठीचार्ज गर्ने र आन्दोलनरत दर्जनौँ शिक्षकहरूलाई घाइते बनाउने निरंकुश र गैरजिम्मेवार काम गरेको छ। प्रहरी हस्तक्षेपबाट पत्रकारसमेत घाइते बनाइएको छ।’

शिक्षक आन्दोलनमाथि सरकारले बर्बरतापूर्ण दमन गरेको भन्दै एकीकृत समाजवादीले प्रहरी दमन बन्द गर्न र घाइतेहरूको निःशुल्क उपचारको माग गरेको छ।

फास्ट ट्र्याकबाट विद्यार्थी र शिक्षकमैत्री विद्यालय शिक्षा ऐन पारित गर्न माग गर्दै भनिएको छ, ‘शिक्षकहरूका जायज मागहरू सम्बोधन गर्न, गुणस्तरीय शिक्षाको ग्यारेन्टी हुने गरी अग्रगामी जनमुखी र विद्यार्थी र शिक्षकमैत्री विद्यालय शिक्षा ऐन छिटोभन्दा छिटो (फास्ट ट्र्याकबाट) पारित गर्न हाम्रो पार्टी सरकारसँग जोडदार माग गर्दछ।

सुझावित समाचार