नयाँ वर्ष ०८२ को अवसरमा बिवाइडीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंक प्रालिले ग्राहककेन्द्रित अभियान ०–५–१० घोषणा गरेको छ । यो अभियानले प्रत्येक बिवाइडी ग्राहकलाई दीर्घकालीन मूल्य र विश्वसनीयता प्रदान गर्ने कम्पनीको प्रतिबद्धतालाई प्रतिबिम्बित गर्ने कम्पनीले जनाएको छ ।
बिवाइडी गाडी बुक गर्ने ग्राहक पाँच वर्षसम्म शून्य सर्भिसिङ प्याकेज प्राप्त गर्नेछन् । जसमा निःशुल्क स्ट्यान्डर्ड वार्षिक मर्मत प्याकेज, लेबर, एसी फिल्टर, ब्रेक प्याड, वाइपर ब्लेड, ट्रान्समिसन आयल, ब्रेक आयल, एलभी ब्याट्री, कुलेन्टलगायतका कन्जुमेबल समावेश हुनेछन् ।
त्यस्तै, १० वर्ष वा दुई लाख किलोमिटरको एक्सटेन्डेड वारेन्टी पनि ग्राहकले पाउनेछन् । यसमा ब्याट्री र मोटरमा १० वर्ष वा दुई लाख किलोमिटरमध्ये जुन पहिले आउँछ, त्यही वारेन्टी सुविधाको फाइदा दिइने कम्पनीले जनाएको छ । योजना ३१ वैशाखसम्म चल्नेछ ।
अभियानबारे बोल्दै साइमेक्स इंकका नेसनल सेल्स हेड आशुतोष गौतमले भने, ‘नयाँ वर्षमा हामी हाम्रा ग्राहकसँग कार मात्र नभई एक दशकसम्मको एस्योरेन्सर र केयरसमेतको उत्सव मनाउन चाहन्छौँ । ०–५–१० अभियान एउटा अफर मात्र होइन, यो सफा, दिगो इलेक्ट्रिक मोबिलिटीतर्फ नेपालको संक्रमणका लागि हाम्रो दीर्घकालीन प्रतिबद्धताको प्रतिबिम्ब पनि हो ।’