राजेन्द्र लिङ्देनलगायत राप्रपा नेतालाई छाड्ने तयारी

आइतबार, ७ बैशाख, २०८२
डिजिटल संस्करण

निषेधित क्षेत्रमा आन्दोलन गरेको आरोपमा पक्राउ परेका राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनसहितका नेतालाई प्रहरीले रिहा गर्ने तयारी गरेको छ । उनीहरुलाई आज साँझै छाडिने प्रहरीले जनाएको छ। 

सिंहदरबारभित्रै प्रदर्शनको तयारी गरेपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो। लिङदेनसहित नेताहरु ज्ञानबहादुर शाही, बुद्धिमान तामाङ, युवा मोर्चाका अध्यक्ष कैलाश कटवाल  त्यस्तै, भक्तपुरका किरणदुवाल, चितवनका सरोज घिमिरे र धादिङका अम्मर परियार पनि निषेधित क्षेत्र तोडेकोमा पक्राउ परेका थिए। उनीहरु हाल जिल्ला प्रहरी परिसर, भ्रदकालीमा छन्। उनीहरुलाई परिवारको जिम्मा लगाएर छाडिने काठमाडौं प्रहरीका एक अधिकारीले बताए। 

राप्रपाले आइतबार गरेको प्रदर्शन शान्तिपूर्वक नै भएको प्रहरीले जनाएको छ। बिजुलीबजारमा निषेधित क्षेत्र तोड्ने प्रयास गरेपनि प्रहरीले असफल बनाएको थियो। 

यसअघि गत १५ चैतमा भएको प्रदर्शन हिंसात्मक भएपछि प्रहरीले नेताहरु धवलशमेशर राणा, रबिन्द्र मिश्र लगायतलाई थुनामा राखी अनुसन्धान गरिरहेको छ। 
 

सुझावित समाचार