युक्रेनको सुमीमा रुसी आक्रमण, कम्तीमा ३१ जनाको मृत्यु

आइतबार, ३० चैत, २०८१
डिजिटल संस्करण
युक्रेनको सुमीमा रुसी आक्रमण, कम्तीमा ३१ जनाको मृत्यु

तस्बिर : बिबिसी

युक्रेनको सुमी सहरको मध्य भागमा आइतबार भएको रुसी ब्यालेस्टिक क्षेप्यास्त्र हमलामा परी कम्तीमा ३१ जनाको मृत्यु भएको छ।

दुई बालबालिकासहित ३१ जनाको मृत्यु भएको युक्रेनी आकस्मिक सेवालाई उदृत गर्दै बिबिसीले जनाएको छ। हमलामा १० बालबालिकासहित ८४ जना घाइते भएका छन्।

स्थानीय समयअनुसार आज बिहान सवा १० बजेतिर सुमी स्टेट युनिभर्सिटीनजिकै दुईवटा ब्यालिस्टिक हमला भएको बिबिसीले जनाएको छ। चारवटा शैक्षिक भवनसहित २० वटा भवनमा क्षति पुगेको युक्रेनी अधिकारीहरूले बताएका छन्।

सुझावित समाचार