मध्य–एसियामा प्रभावका लागि रुस र चीनबिच प्रतिस्पर्धा

बिहिबार, २७ चैत, २०८१
डिजिटल संस्करण

सम्भावित युद्धविराम सम्झौतामा युक्रेनमा आफ्नो क्षेत्रीय लाभलाई सुदृढ पार्न खोज्दै गर्दा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको एउटा आँखा रुसको दक्षिणी सिमानामा केन्द्रित छ भने अर्को दृष्टि मध्य–एसियामा रुसी प्रभाव कसरी बढाउने भन्नेतर्फ लक्षित छ । सन् २०२४ मा रुसको राष्ट्रपतिमा पुनः निर्वाचित भएपछि पुटिनले चीन र बेलारुसपछि उज्वेकिस्तानको तेस्रो विदेश भ्रमण गरे । यो भ्रमणले मस्कोको लागि यस क्षेत्रको निरन्तर महत्वलाई संकेत गर्यो । युक्रेन युद्धलाई लिएर मस्कोमाथि पश्चिमा प्रतिबन्धको प्रतिक्रियामा रुस र मध्य–एसियाली देशबिचको व्यापार र लगानी उल्लेखनीय रूपमा बढेको छ ।

रुसको लुकोइल र ग्याजप्रोमजस्ता चर्चित र प्रतिष्ठित कम्पनी अब उज्वेकिस्तानको ऊर्जा क्षेत्रका मुख्य विदेशी खेलाडी हुन् । काजाकिस्तानमा मस्कोले देशको युरेनियम उत्पादनको एकचौथाइ नियन्त्रण गर्छ । तर, रुसले यस क्षेत्रमा आफ्नो भूमिकालाई पुनः पुष्टि गर्ने प्रयास गर्दा चीनले पनि चुपचाप आफ्नो प्रभाव विस्तार गरिरहेको छ । के मध्य–एसियामा देखिएको यस्तो बढ्दो प्रतिस्पर्धाले बेइजिङ र मस्कोको बृहत् सम्बन्धलाई असर गर्न सक्छ ?

मध्य–एसियाली क्षेत्र पाँच राष्ट्रमा फैलिएको करिब सात करोड ९० लाख मानिसको साझा घर हो । सन् १९९१ मा यसको पतन हुनुअघि यो सोभियत संघको हिस्सा थियो । मध्यपूर्वको प्रवेशद्वारका रूपमा रुस र चीनबिच रहेको रणनीतिक स्थानले यसलाई लामो समयदेखि महाशक्ति राजनीतिका लागि ‘महान् चेसबोर्ड’ बनाएको छ ।

रुसले परम्परागत रूपमा यस क्षेत्रमा प्रभुत्व जमाएको भए पनि मध्य–एसियाली नेताले भने पछिल्लो समयमा मस्कोबाट आफूलाई केही हदसम्म टाढा राख्ने प्रयत्न गरेका छन् । त्यस्तै, सन् २०२३ मा पुटिनको काजाकिस्तान भ्रमणका क्रममा राष्ट्रपति कासिम–जोमार्ट तोकायेभले एक पत्रकार सम्मेलनमा रुसी भाषाको सट्टा कजाख भाषामा भाषण दिएर प्रतीकात्मक बयान दिए ।

रुस युक्रेन हमलामा व्यस्त रहेको र पश्चिमा प्रतिबन्धले सास्ती भोगिरहेको अवस्थामा चीनले भने यस क्षेत्रमा आफ्नो संलग्नतालाई गहिरो बनाउने अवसरलाई सदुपयोग गरेको छ 

यो एउटा दुर्लभ कदम थियो, जसले पुटिनको प्रतिनिधिमण्डललाई अचम्मित पारेको देखिन्थ्यो । अर्को उल्लेखनीय क्षणमा सन् २०२२ मा रुसमा भएको एक आर्थिक मञ्चमा युक्रेनबाट मस्कोले कब्जागरिएका क्षेत्रलाई उल्लेख गर्दै काजाकिस्तानले रुसको ‘अर्ध–राज्य’लाई मान्यता नदिने घोषणा गर्यो । तैपनि, सबै मध्य–एसियाली राज्य कम्तीमा पनि रुस नेतृत्वको एक संगठनको हिस्सा रहन्छन्, जस्तै– स्वतन्त्र राज्यहरूको राष्ट्रमण्डल, सामूहिक सुरक्षा सन्धि संगठन वा युरेसियन आर्थिक संघ । तीन राष्ट्र (काजाकिस्तान, किर्गिस्तान र ताजिकिस्तान) सामूहिक सुरक्षा सन्धि संगठनमार्फत रुसी सुरक्षा सुनिश्चिततामा निर्भर छन् । र, उनीहरूको रुसमाथिको आर्थिक निर्भरता अझै पनि उल्लेखनीय छ । रुसमा रहेका ६१ लाख आप्रवासीमध्ये सबैभन्दा ठसलो समूह उज्बेकिस्तान, ताजिकिस्तान र किर्गिस्तानबाट आउँछन् । यी तीनै देश आप्रवासी कामदारबाट प्राप्त रेमिट्यान्समा निर्भर छन् ।

रुस युक्रेन हमलामा व्यस्त रहेको र पश्चिमा प्रतिबन्धले सास्ती भोगिरहेको अवस्थामा चीनले भने यस क्षेत्रमा आफ्नो संलग्नतालाई गहिरो बनाउने अवसरलाई सदुपयोग गरेको छ । मध्य–एसियामा बेइजिङको संलग्नता लामो समयदेखि आर्थिक पक्ष रहँदै आएको छ । उदाहरणका लागि सन् २०१३ मा चीनले काजाकिस्तानमा आफ्नो महत्वाकांक्षी, विश्वव्यापी बेल्ट एन्ड रोड इनिसिएटिभ (बिआरआई) अनावरण गर्यो । र, २०२४ सम्ममा ताजिकिस्तानबाहेक सबै मध्य–एसियाली देशको सबैभन्दा ठुलो व्यापारिक साझेदार रुस नभई चीन थियो।तर, पछिल्ला वर्षमा चीनले आर्थिक सम्बन्धभन्दा बाहिर आफ्नो प्रभाव विस्तार गरेको छर बेइजिङले राजनीतिमा आफूलाई एक प्रमुख खेलाडीका रूपमा स्थापित गरेको छ ।

उदाहरणका लागि सन् २०२३ मा भएको पहिलो चीन–मध्य एसिया शिखर सम्मेलनमा चिनियाँ नेता सी जिनपिङले यस क्षेत्रको सार्वभौमसत्ता, सुरक्षा र क्षेत्रीय अखण्डताका लागि समर्थन गर्ने वाचा गरे । यो परम्परागत रूपमा रुसले खेल्ने भूमिका हो । सीले मध्य–एसियाली राज्यमा हाई प्रोफाइल भ्रमणपनि सम्पन्न गर्दै आएका छन्, जसले यहाँ बेइजिङको बढ्दो रणनीतिक चासोको संकेत गर्छ । यद्यपि, स्थानीय मानिस सचेत देखिन्छन् । जनमत सर्वेक्षणले चीनलाई रुसभन्दा बढी नकारात्मक रूपमा हेरिएको देखाउँछ । धेरै चिनियाँ लगानीमा बनाइएका परियोजनाले आफ्नै कामदार ल्याउँछन्, जसले गर्दा स्थानीयका लागि रोजगारीका अवसर सीमित हुन्छन् र आक्रोश बढ्छ  सम्भावित ‘ऋण पासो’ कूटनीतिबारे पनि चिन्ता छ । नागरिक समाज समूहहरूले बेइजिङमाथि अत्यधिक निर्भरताबाट जोगिन आर्थिक विविधीकरणको लागि आह्वान गरेका छन् ।

पश्चिमी चीनको सिनजियाङ क्षेत्रमा 
मुस्लिम अल्पसंख्यक उइगुर जनसंख्यामाथि बेइजिङको व्यवहारले विषयलाई थप जटिल बनाएको छ । यसले मुस्लिम बाहुल्य रहेको मध्य–एसियामा चीनको दीर्घकालीन मनसायबारे आशंका बढेको छ । बढ्दो प्रतिस्पर्धाले मस्को र बेइजिङबिचको फराकिलो ‘सीमारहित’ सम्बन्धमा सम्भावित प्रभावबारे प्रश्न उठाउँछ । हालैको एक फोरममा पुटिनले यस क्षेत्रमा बेइजिङको बढ्दो आर्थिक भूमिकालाई स्वीकार गरे । यद्यपि, उनले जोड दिए कि रुसको अझै पनि मध्य–एसियाली राज्यसँग ‘विशेष सम्बन्ध’ छ र त्यसले इतिहासमा गहिरो जरा गाडेको छ । चीनको विस्तारवादी उद्देश्यबारे उत्पन्न चिन्तालाई उल्लेखनीय रूपमा खारेज गर्दै उनले भने, ‘चिनियाँ दर्शनमा प्रभुत्वबारे केही छैन । तिनीहरू प्रभुत्वका लागि प्रयास गर्दैनन् ।’ तर, धरातलीय रूपमा कुरा त्यति सरल छैन । अहिलेसम्म चीन र रुस एकअर्काको खुट्टामा टेक्नबाट बच्न सफल भएका छन् । तर, त्यो सन्तुलन कति समयसम्म रहन्छ भन्ने यक्ष प्रश्न हो । 

यसैबीच, मध्य एसियाली देशहरूले दुवै पक्षलाई प्रभाव पारिरहेका छन् र दुई शक्तिभन्दा बाहिरको सम्बन्धलाई विविधीकरण गरिरहेका छन् । यस क्षेत्रका धेरै शिक्षित सम्भ्रान्त वर्गले रुसी र चिनियाँ प्रभुत्वको विकल्पको रूपमा टर्की रटर्कीभाषी एकतालाई बढ्दो रूपमा हेरिरहेका छन् । मध्य–एसियामा रुसको ऐतिहासिक प्रभाव बलियो छ । तर, बेइजिङको निर्विवाद प्रभुत्वका दिन भने अब सकिएको देखिन्छ । रुसले आफ्नो प्रभुत्व स्थिति पुनस्र्थापित गर्ने प्रयास गर्न सक्छ, तर चीनको बढ्दो आर्थिक उपस्थिति कतै जाँदैन।दुवै देशले आ–आफ्नै क्षेत्रीय एजेन्डा अघि बढाइरहेका वेला, एक–अर्काको समानता रप्रतिस्पर्धी स्वार्थका कारण भविष्यमा हुने टकरावको सम्भावनालाई बेवास्ता गर्न गाह्रो छ ।
– द कन्भर्सेसनबाट
 

सुझावित समाचार