पूर्वी र मध्य नेपालको हिमाली फेदसम्मै तुवाँलो पुगेको छ । नासाको सेटलाइट तस्बिरमा रिभर भ्याली (नदीछेउका उपत्यका)सम्म तुवाँलो देखिन्छ । त्यसमाथि हिमाली क्षेत्रमा भने बादल देखिन्छ ।
- वातावरण विभागका वातावरण निरीक्षक गोविन्द लामिछाने भन्छन्–
मध्य र पूर्वी नेपालमा उच्च पहाडी र हिमालको फेदसम्म तुवाँलो पुगेको छ । यसले काठमाडौैं वा तराईका जिल्ला मात्र प्रदूषणको चपेटामा छैनन् भन्ने देखाउँछ । कोशी, अरुण, तमोर नदी छेउछाउ र पश्चिममा माछापुच्छ«ेको फेदसम्म तुवाँलो फैलिएको छ । तर, कति तुवाँलो छ भनेर ठ्याक्कै थाहा हुँदैन । भेरिफाई गर्न स्टेसन चाहिन्छ ।
‘मध्य र पूर्वी नेपालमा उच्च पहाडी र हिमालको फेदसम्म तुवाँलो पुगेको छ । यसले काठमाडौैं वा तराईका जिल्ला मात्र प्रदूषणको चपेटामा छैनन् भन्ने देखाउँछ,’ वातावरण विभागका वातावरण निरीक्षक गोविन्द लामिछानेले भने, ‘कोशी, अरुण, तमोर नदी छेउछाउ र पश्चिममा माछापुच्छ्रेको फेदसम्म तुवाँलो फैलिएको छ । तलबाट हावाले तुवाँलो उडाउँदै लगेको छ । तर, कति तुवाँलो छ भनेर ठ्याक्कै थाहा हुँदैन । भेरिफाई गर्न स्टेसन चाहिन्छ ।’
यद्यपि, उच्च पहाडी र हिमाली क्षेत्रमा (राराबाहेक)मा वायुको गुणस्तर मापन केन्द्र सरकारी स्टेसन राखिएको छैन, जसकारण यकिन तथ्यांक उपलब्ध हुँदैन । तर, स्विट्जरल्यान्डमा मुख्यालय रही विश्वभरको वायुप्रदूषणको अवस्थाबारे विश्लेषण गर्दै आएको एआइक्यू एअरले पनि पश्चिम नेपालका हिमाली भेगबाहेक सबै क्षेत्रलाई ‘रातो’मा राखेको छ, जहाँको वायुको गुणस्तर ठिक छैन भन्ने हो ।
वातावरण विभागको इलामको चोकबजारमा रहेको वायुको गुणस्तरमापन केन्द्रको तथ्यांकले पनि त्यहाँको हावाको गुणस्तर खराब रहेको देखाउँछ । त्यहाँको वायुको गुणस्तर सूचकांक (एक्युआई) १७५ पुग्यो, जुन मानव स्वास्थ्यका लागि हानिकारक हो । पिएम–२.५ को मात्रा २४ घण्टाको औसत नै १२२.७५ पुगेको छ, जबकि सरकारले तोकेको वायु गुणस्तर मापदण्ड, २०६९ मा हावामा पाइने मसिना धुलोका कण पार्टिकुलेट म्याटर (पिएम–२.५) २४ घण्टाको औसत मापदण्ड ४० माइक्रोग्राम प्रतिघनमिटर हुनुपर्ने उल्लेख छ । त्योभन्दा बढी हुनुलाई जनस्वास्थ्यका हिसाबले हानिकारक मानिन्छ ।
त्यस्तै, साढे नौ हजार फिटमाथि रहेको रारामा पनि एक्युआई १५६ पुगेको छ । त्यहाँको पिएम–२.५ को मात्रा २४ घण्टाको औसत सोमबार ६६.६५ पुग्यो । ‘यी विवरणले पनि वायुप्रदूषण उच्च पहाडी र हिमाली फेदसम्मै पुगेको देखिन्छ,’ वातावरण निरीक्षक लामिछानेले भने, ‘यो मूलतः डढेलोको कारण हो ।’
अन्तर्राष्ट्रिय पर्वतीय एकीकृत विकास केन्द्र (इसिमोड)ले गत बिहीबार विज्ञप्ति जारी गरी वायुप्रदूषणका कारण हिमशृंखलामा कालो कार्बन पुगेको र यसले हिमनदी पग्लिने दर बढाइरहेको उल्लेख गरेको छ । ‘वन डढेलोबाट निस्कने कालो कार्बन वा कालो धुवाँ धेरै हानिकारक प्रदूषकको अंश हो, जसलाई शक्तिशाली, ‘जलवायु कारक’ पनि मानिन्छ,’ विज्ञप्तिमा भनिएको छ, ‘यी जलवायु कारकमा हिन्दुकुश हिमालयलगायत जलवायु प्रणालीमा ठुलो प्रभाव पार्ने क्षमता छ ।’ ०७७ मा त प्रदूषणको मात्रा उच्च हुँदा पूर्वी भागमा तुवाँलो हिमाली क्षेत्र नाघेर तिब्बतसम्मै पुगेको थियो ।
आइक्यू एअरको तथ्यांकले नेपालसहित एसियाली मुलुक नै प्रदूषणको चपेटामा देखिन्छन् । म्यानमारदेखि अफगानिस्तानसम्म फैलिएको हिन्दुकुश हिमालय क्षेत्रमा प्रदूषण बढी देखिन्छ ।
प्रदूषणको चपेटामा काठमाडौं, चितवन र पोखरा
डढेलोका कारण देशभर वायुप्रदूषण बढे पनि सबैभन्दा बढी चपेटामा काठमाडौं, हेटौँडा, चितवन र पोखरालगायत क्षेत्र छन् । काठमाडौं त गत सोमबारबाट हरेक दिन प्रदूषित सहरको शीर्षमा पर्दै आएको छ । सोमबार काठमाडौंको एक्युआई २५९ सम्म पुग्यो । त्यस्तै, यो मात्रा भरतपुरमा १७८, पोखरामा १४३ पुगेको देखिन्छ । पोखरा उपत्यकामा पनि तुवाँलो लागेको छ । यसबाहेक मध्य र पूर्वी नेपाल नै प्रदूषणको चपेटामा परे पनि सरकारी स्टेसनको अभावमा त्यहाँको अवस्थाबारे थाहा हुन नसकेको हो । तीबाहेक अन्य क्षेत्रमा पनि हावाको गुणस्तर खराब छ । एक्युआईको मात्रा सोमबार दाङको देउखुरीमा १७६, धनगढीमा १६० र अछाममा १६० छ ।
३३ जिल्लाका २१४ ठाउँमा डढेलो
अमेरिकी अन्तरिक्षसम्बन्धी संस्था नासाको मोडिज उपग्रहले संकलन गरेको तथ्यांक हेर्दा पछिल्लो २४ घण्टामा ३३ जिल्लाका २१४ ठाउँमा डढेलो लागेको छ । डढेलो पूर्वी नेपालको पहाडी क्षेत्र, मध्य नेपालको तराई र चुरे तथा पश्चिम नेपालको तराईमा धेरै देखिन्छ । यसमा पनि सबैभन्दा बढी डढेलो चितवन र दाङमा २७–२७ ठाउँमा देखिन्छ भने मकवानपुरमा २१ र बाँकेमा १६ ठाउँमा डढेलो छ । त्यस्तै, पर्सामा १५, कञ्चनपुरमा १३, सुर्खेतमा १२ तथा धनकुटा र पाँचथरमा १०–१० ठाउँमा डढेलो छ । आइतबार २४९ ठाउँमा डढेलो थियो ।
वर्षा प्रणाली भित्रियो, प्रदूषण घट्दै जाने आकलन
नेपालमा वर्षा गराउने प्रणाली भित्रिएसँगै काठमाडौंसहितको प्रदूषण केही घट्ने आकलन गरिएको छ । मौसम पूर्वानुमान महाशाखाका मौसमविद् शान्ति कँडेलका अनुसार पश्चिमी वायुसँगै स्थानीय वायुको प्रभावका कारण मंगलबारदेखि बिहीबारसम्म बादल, हावाहुरी र वर्षाका गतिविधि हुने देखिन्छ । ‘कोशीदेखि लुम्बिनीसम्म यो प्रणालीको असर पर्ने देखिन्छ । तर, ठुलो पानी होइन । कुनै ठाउँमा हल्का, केही ठाउँमा छिटफुट पानी पर्न सक्ने आकलन हो,’ उनले भनिन्, ‘काठमाडौंमा पनि कुनै ठाउँमा थोपाथोपा कुनै ठाउँमा ह्वारर पानी पर्न सक्छ, प्रदूषण त घटाउँछ नै ।’
महाशाखाले बुलेटिन जारी गर्दै ‘कोशी प्रदेशलगायत बागमती प्रदेश, गण्डकी र लुम्बिनीका पहाडी भू–भागका थोरै स्थानमा तथा देशका बाँकी भूभागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको’ उल्लेख गरेको छ ।
मध्य र पूर्वी नेपालमा उच्च पहाडी र हिमालको फेदसम्म तुवाँलो पुगेको छ । यसले काठमाडौैं वा तराईका जिल्ला मात्र प्रदूषणको चपेटामा छैनन् भन्ने देखाउँछ । कोशी, अरुण, तमोर नदी छेउछाउ र पश्चिममा माछापुच्छ«ेको फेदसम्म तुवाँलो फैलिएको छ । तर, कति तुवाँलो छ भनेर ठ्याक्कै थाहा हुँदैन । भेरिफाई गर्न स्टेसन चाहिन्छ ।