चार किलोमिटर सडक २२ महिनामा चौडा गरी स्तरोन्नति गर्ने गरी गौरी–पार्वती निर्माण सेवासँग सम्झौता भए पनि ३४ महिनासम्म पनि कालोपत्रे भएन । यसअघि साँघुरो रहेकाले कालोपत्रे भत्काएर त्यत्तिकै छाडेपछि यात्रुले सास्ती खेपिरहेका छन् ।
सडक डिभिजन कार्यालय भक्तपुरले १५ फागुनमा ठेक्का रद्द गरिसकेको छ । सडक डिभिजनका इन्जिनियर सीताराम बुढाथोकीका अनुसार निर्माण कार्य सञ्चालन गरी समयमा सम्पन्न गर्न पटक–पटक पत्राचार गर्दासमेत चासो नदेखाएपछि ठेक्का रद्द गरिएको हो । निर्माण कम्पनीले ३८ प्रतिशत काम गरेर २८ प्रतिशत भुक्तानी लगिसकेको छ । २० करोड १९ लाखमा ठेक्का सम्झौता भएको थियो । नयाँ ठेक्का आह्वानको तयारी छ ।