हातमा कालोपट्टी बाँधेर काम गर्दै महोत्तरीका सञ्चारकर्मी

आइतबार, १६ चैत, २०८१
डिजिटल संस्करण

राजावादीहरूले प्रदर्शनका क्रममा काठमाडौंको तीनकुनेमा गरेको आगजनीमा एभिन्युज टेलिभिजनका फोटो पत्रकार सुरेश रजकको जलेर मृत्यु भएपछि घटनाको विरोधस्वरूप महोत्तरीका सञ्चारकर्मीहरूले आइतबार हातमा कालोपट्टी बाँधेर विरोध जनाएका छन्।

नेपाल पत्रकार महासंघ महोत्तरी शाखाको आयोजनामा उक्त घटनामा संलग्नलाई कारबाहीका लागि आवाज उठाउन माग गर्दै सञ्चारकर्मीहरूले कालोपट्टी बाँधेर विरोध जनाएका हुन्।

नेपाल पत्रकार महासंघ महोत्तरीका उपाध्यक्ष अरविन्दकुमार झा (गोपाल)को नेतृत्वमा शनिबारसमेत विरोध र्याली र शोकसभा भएको थियो।

सुझावित समाचार