इटहरीको सेन्ट्रल प्लाजाको आगलागी नियन्त्रणबाहिर

बुधबार, १२ चैत, २०८१
डिजिटल संस्करण

इटहरी– ६ स्थित चोकमा रहेको व्यापारिक भवन सेन्ट्रल प्लाजाको आगलागी अझै नियन्त्रणमा आउन सकेको छैन। बिहान करिब साढे नौ बजेदेखि लागेको आगो साढे चार घण्टा बितिसक्दा पनि नियन्त्रणबाहिर नै छ । 

आगलागीमा परेर माथि नै रहेका  तीन महिला र  आठ पुरुष गरी ११ जनाको उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । जसमध्ये काठमाडौंबाट आएको नेपाली सेनाको हेलिकाेप्टरबाट तीनजनाको उद्धार गरिएको हो ।

त्यस्तै, आगलागी नियन्त्रणका लागि नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी, नगर प्रहरीलगायतले निरन्तर प्रयास गरिरहेका छन् । केही समयअघिबाट क्रेनको सहयोगमा पानीलाई भित्रसम्म पुर्याई नियन्त्रणको प्रयास भइरहेको छ । आगलागी निभाउन आधा दर्जन दमकलले प्रयास गरिरहेका छन् ।

सुझावित समाचार