इटहरीको मुख्यचोकमा रहेको व्यापारिक भवन सेन्टर प्लाजामा आगलागीमा फसेका ११ जनाको उद्धार गरिएको छ। उद्धार गरिएकामा तीन महिला र आठ पुरुष रहेका कोशी प्रदेशका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक राजन अधिकारीले जानकारी दिए। आगो निभाउन नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाका गरी झन्डै तीन सय सुरक्षाकर्मी परिचालन गरिएको उनले बताए।
यसैगरी, आगो निभाउन विभिन्न स्थानीय तहका १२ दमकल प्रयोग गरिएको छ । १० तले भवनको मध्यभागमा आज बिहान आगो लागेको हो । भवनको विभिन्न तलामा सर्वसाधारण फसेको जानकारीलगत्तै गृह मन्त्रालयले उद्धारका लागि नेपाली सेनाको हेलिकोप्टर पठाएको थियो।
हेलिकोप्टरद्वारा भवनमा फसेकाहरूको उद्धार गरिएको छ । आगो निभाउने प्रयास जारी रहेको प्रहरी नायब महानिरीक्षक अधिकारीले बताए ।