यसरी हुँदै छ मूलपानी क्रिकेट मैदान पुनर्निर्माण [फाेटाेफिचर]

मंगलबार, ११ चैत, २०८१
डिजिटल संस्करण

नेपालले आगामी चैत अन्तिम सातादेखि आइसिसी यू–१९ विश्वकपअन्तर्गत एसिया छनोट आयोजना गर्दै छ।

एसिया छनोटमा आयोजक नेपालसहित पाँच टोलीले भाग लिँदै छन्। नेपाल, अफगानिस्तान, युएई, हङकङ र ओमानले छनोटमा प्रतिस्पर्धा गर्नेछन्।

नेपाल, अफगानिस्तान र युएईले सीधा छनोट खेल्दा हङकङ र ओमानले छनोट पार गरेका हुन्। यो छनोटको विजेताले मात्र सन् २०२६ मा जिम्बावे र नामिबियामा हुने आइसिसी यू–१९ विश्वकप खेल्न पाउनेछ।

एसिया छनोटका खेलहरूका लागि अहिले मूलपानी क्रिकेट मैदानमा धमाधाम काम भइरहेको छ। पिच, ड्रेसिङ रुम, साइड स्क्रिन, रंगरोगन, विद्युत्, ग्राउन्ड लेबलिङलगायतका कामहरू जारी छ।

हेर्नुस् तस्बिरहरू :

सुझावित समाचार