एनसेलले ‘सधैँ अन १७९९ रोमिङ’ प्याक ल्याएको छ । यो प्याकले नेपालभर सेवा प्रयोग, मनोरञ्जन सुविधाका साथै भारत यात्रा गर्नेलाई विशेष लाभ प्रदान गर्नेछ ।
२८ दिनसम्म मान्य रहने यो प्याकमा नेपालभर कल गर्न सकिने अनलिमिटेड अल–नेट टक टाइम, १०० जिबी उच्च गतिको डेटा, अनलिमिटेड युट्युब, बिमा सुविधा र रोमिङ सुविधा (डेटा र भ्वाइस) समावेश छन् ।
भारत भ्रमणका वेलामा ग्राहकले यस प्याकमा ६ सय एमबी रोमिङ डेटा, १० मिनेट आगमन कल र १० मिनेटको बाह्य कल (भारतभित्रै र नेपाल कल गर्न सकिने) सेवा प्राप्त गर्छन् ।
यसबाहेक यो प्याकले भारत भ्रमण गर्दा कुनै दुर्घटना भएमा एक लाखसम्मको अस्पताल भर्ना र ओपिडी खर्च समेट्ने कम्पनीले जनाएको छ । करसहित १,७९९ रुपैयाँ शुल्क रहेको यो वान टाइम प्याकले सधैँ अनका सेवा–सुविधा, रोमिङ सेवा र बिमा सुविधासहित ग्राहकलाई आवश्यक सञ्चार सेवा र बिमासहितको सुरक्षा प्रदान गर्ने बताइएको छ ।