एनआइएमबिको ‘दसैँ क्याम्पेन’का विजेता घोषणा

सोमबार, १० चैत, २०८१
डिजिटल संस्करण

नेपाल इन्भेस्टमेन्ट मेगा बैंक (एनआइएमबि)ले ‘भिसा स्पेन्ड एन्ड विन दसैँ क्याम्पेन’का विजेता घोषणा गरेको छ । बैंकका अनुसार यो अभियान गत वर्ष १७ सेप्टेम्बरदेखि ३१ अक्टोबरसम्म भिसा कार्ड प्रयोग गरी कारोबार गर्ने ग्राहकलाई पुरस्कृत गर्ने उद्देश्यले सञ्चालन गरिएको थियो ।

विजेताहरूमा मनोजमोहन प्रधान, निशेष ढुंगाना, विना चलिसे, टीकाराम शर्मा, सरोजप्रसाद प्रधान र मीना कार्की रहेका छन् । विजेता दुईजनाका लागि अन्तर्राष्ट्रिय गन्तव्यको राउन्ड ट्रिप हवाई टिकट प्रदान गरिने बैंकले जनाएको छ ।

सुझावित समाचार