आइपिएलमा जोफ्रा आर्चरको खराब रेकर्ड

आइतबार, ९ चैत, २०८१
डिजिटल संस्करण

इंल्यान्डका तीव्र गतिका बलर जोफ्रा आर्चरका लागि यो सिजनको इन्डियन प्रिमियर लिग(आइपिएल)को पहिलो खेल बिर्सनलायक बनेको छ। सिजनको पहिलो खेलमै उनले खराब रेकर्ड बनाएका छन्। 

आइतबार भएको हैदराबादविरुद्धको खेलमा चार ओभरको स्पेलमा सबैभन्दा धेरै रन दिने बलरको खराब रेकर्ड आर्चरको नाममा बनेको छ। राजस्थानबाट खेलिरहेका उनले चार ओभरमा ७६ रन खर्चिँदा एक विकेट पनि लिन सकेनन्। 

यसअघि सबैभन्दा धेरै रन खर्चिने बलरको रेकर्ड मोहित शर्माको नाममा थियो। उनले सन् २०२४ मा ७३ रन खर्चिएका थिए। 

सो खेलमा हैदरावादले राजस्थानलाई ४४ रनले पराजित गरेको छ। हैदरावादले २८७ रनको लक्ष्य दिएकोमा राजस्थानले २४२ रन मात्र बनाउन सफल भयो। 

सुझावित समाचार