मोरङको सुन्दरहरैँचा नगरपालिका- १० स्थित सुकुना माध्यमिक विद्यालयबाट एसइई परीक्षामा ६२६ जना परीक्षार्थी सहभागी छन् ।
यो संख्या कोशी प्रदेशमा कुनै एक विद्यालयबाट सहभागी परीक्षार्थीहरूको सबैभन्दा धेरै हो । जसमध्ये आठजना जुम्ल्याहा विद्यार्थीले एकैपटक परीक्षा दिइरहेका सहायक प्रधानाध्यापक राजेन्द्र गिरीले जानकारी दिए । विद्यालयले जम्मा १२ वटा सेक्सनमार्फत विद्यार्थीलाई पठनपाठन गराउँदै आएको थियो ।
०२९ मा स्थापना भएको यस विद्यालयमा ०३९ सालबाट ‘एसएलसी’ परीक्षा दिन सुरु गरिएको थियो । प्रदेशकै नमुना विद्यालयअन्तर्गत गर्ने यस विद्यालयमा +२ सहित हाल चार हजार ५०० विद्यार्थी अध्ययनरत रहेका विद्यालयका प्रधानाध्यापक हिक्मतबहादुर बस्नेतले जानकारी दिए । कोशी प्रदेशमा ८० हजारभन्दा बढी विद्यार्थीले परीक्षा दिइरहेका छन् ।