नेपाली बजारमा शुक्रबार सुनको मूल्य घटेको छ । आज सुन तोलामा एक हजार रुपैयाँले घटेर एक लाख ७५ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बिहीबार सुन प्रतितोला एक लाख ७६ हजार रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । बिहीबार दुई हजार ३० रुपैयाँ कायम भएको चाँदीको मूल्य शुक्रबार ३५ रुपैयाँले घटेर तोलामा एक हजार ९९५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।