वनमा आगो लगाउँदै हिँड्ने ७२ वर्षीय वृद्ध पक्राउ

बुधबार, ५ चैत, २०८१
डिजिटल संस्करण

रामेछाप नगरपालिका– २ देउरालीको सिरुबारीस्थित भिरपाखा सामुदायिक वनमा आगो लगाएको आरोपमा स्थानीय ७२ वर्षीय वृद्ध हरिबहादुर मगरलाई प्रहरीले पक्राउ गरेको छ । 

उनले चैत ४ गते साँझ सामुदायिक वनमा आगो लगाएका थिए । आगो लगाउँदै गरेको स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए। सालु चौकीबाट खटिएको प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएर थप आवश्यक अनुसन्धान र कारबाहीका लागि डिभिजन वन कार्यालय रामेछापमा बुझाइएको जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी कौशल न्यौपानेले जानकारी दिए । 

तीन दिनअघि मात्रै प्रहरीले दोरम्बा शैलुङ गाउँपालिका– ३ टोकरपुरको छहरेछाप सामुदायिक वन र सोही स्थानको लालिगुराँस सामुदायिक वनमा आगो लगाउने एकाघरका दुई दाजुभाइ सोही स्थानका ५० वर्षीय पदमबहादुर विक र उनका भाइ वर्ष ४५ का चन्द्रबहादुर विकलाई पक्राउ गरी थप अनुसन्धान र कारबाहीको लागि डिभिजन वन कार्यालयमा बुझाएएको थियो । पछिल्लो समय रामेछापमा दैनिकजसो सामुदायिक वनमा आगलागीका घटनाहरू बढ्दै गएका छन् । आगलागीका घटना बढेसँगै प्रहरी आगो लगाउनेहरूको खोजीकार्यमा जुट्दै आएको छ । 

सुझावित समाचार