भक्तपुरमा भएको दुर्घटनामा मोटरसाइकलचालकको मृत्यु

मंगलबार, ५ चैत, २०८१
डिजिटल संस्करण

भक्तपुरमा भएको दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

मध्यपुर थिमी नगरपालिका– ९ बोडेस्थित सडकमा बोडेबाट मूलपानीतर्फ जाँदै गरेको बा.७१ प ५८९३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सोमबार बेलुकी दुर्घटना हुँदा चालक ओखलढुंगा चिसंखुगढी गाउँपालिका– ४ घर भई भक्तपुर बोडे बस्ने २३ वर्षीय धीरण राईको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका उनको नेपाल मेडिकल कलेज जोरपाटीमा थप उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। 
 

सुझावित समाचार