आगामी सोमबार एमालेको सचिवालय बैठक बस्ने

शुक्रबार, ३० फागुन, २०८१
डिजिटल संस्करण
आगामी सोमबार एमालेको सचिवालय बैठक बस्ने

फाइल तस्बिर

नेकपा (एमाले)ले केन्द्रीय सचिवालयको बैठक बोलाएको छ। पार्टी केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीले यही चैत ४ गते सोमबार सचिवालय बैठक बोलाइएको जानकारी दिए।

सचिव डा. अधिकारीका अनुसार उक्त बैठकमा पार्टीको संगठनात्मक गतिविधि, समसामयिक राजनीतिक विषयवस्तुलगायतका विषयमा छलफल हुनेछ।

बैठक ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा दिउँसो १ बजे बस्नेछ।

सुझावित समाचार