नेकपा (माओवादी) केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यो सरकार बिचौलियाले बनाएको र अहिले उनीहरूले नै चलाइरहेको बताएका छन्। प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै उनले सरकारका हरेकजसो निर्णय र नियुक्तिका पछाडि बिचौलियाको भूमिका रहेको आरोप लगाए ।
‘सत्ताको ड्राइभिङसिटमै बिचौलिया छन्,’ उनले भने । वर्तमान सरकारकै गलत गतिविधिकै कारण जनतामा असन्तोष बढेको उनको भनाइ छ। कांग्रेस–एमालेकै कारण लोकतन्त्र खतरामा पर्दै गएको उनको भनाइ छ।