ज्योतिष तथा वास्तुविद् सुरेशचन्द्र रिजालले तयार पारेको फागुन २४ गते शनिबारदेखि चैत १ गते शुक्रबारसम्मको साप्ताहिक राशिफल पढ्नुहोस्
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) : साताको सुरुमा मनमा देखिने अस्थिरता अधैर्यताका कारण निर्णायक क्षमतामा कमी आउनेछ । लामो समयदेखि प्रतीक्षा गरिएको काम पूरा हुनेछ । राजनीतिक क्षेत्रमा सफलता मिल्नेछ । शुभकार्यको चर्चा पनि चल्नेछ । साताको अन्त्यमा अनावश्यक खर्च हुन सक्छ । साझेदार वा सहयोगीको संगतले लाभ प्राप्त हुनेछ । साताको अन्त्यमा पारिवारिक जीवन सन्तोषप्रद हुनेछ ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) : साथीभाइ या परिवारजनसँग भेटघाट हुनेछ । लामो समयदेखि रोकिएका कार्य अगाडि बढ्नेछन् । सहयोगीहरूले काममा साथ दिनेछन् । साहित्यिक क्षेत्रमा रुचि बढ्नेछ राजनीतिक र सामाजिक क्षेत्रमा समर्थन पाइनेछ, तर खानपिनमा सावधानी अपनाउनुपर्नेछ । साताको अन्त्यमा व्यस्त दिनचर्या कायम हुनेछ । परदेश वा विदेशबाट राम्रो समाचार प्राप्त हुनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) : सोचेर बोल्नाले कार्य सिद्ध हुन सक्छ । समाजमा कीर्तिमानी काम गर्ने समय छ । समाजको प्रगतिमा मन रमाउनेछ । नजिकको व्यक्तिबाट सहयोग मिल्नेछ । टाढाका नातागोता वा परिवारजनसँग प्रविधिमार्फत भेटघाट हुनेछ । शुभ समाचार पनि सुन्न पाइएला । साताको अन्त्यमा खर्चको मात्रा ह्वात्तै बढ्न सक्छ । प्रशासनिक झैझमेला वा आरोप व्यहोर्नुपर्ने हुन सक्छ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) : साताको सुरुमा नयाँ प्रेमजीवनमा सफलता पाइनेछ । युक्ति–बुद्धिको प्रयोगले समस्या सुल्झाउन सकिनेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्लान् । नसोचेको ठाउँबाट धन आर्जन हुनेछ । सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । पुँजीबजारको क्षेत्रमा गरेको लगानीबाट फाइदा मिल्ने छ । राज्यपक्षबाट लाभ प्राप्त हुनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) : विपक्षीको जालझेलबाट सावधान रहनुपर्नेछ । महिला वर्गबाट विशेष सहयोग मिल्नेछ । नयाँ वस्त्र, अलंकारको प्राप्ति हुनेछ । घरजग्गाको लगानीबाट राम्रो प्रतिफल प्राप्त हुनेछ । प्रेमजीवन सबल र सफल हुनेछ । हराएको आत्मविश्वास बढ्नेछ । वित्तीय संस्थाबाट सहयोग पाइनेछ । आफन्त र मित्रहरूसँग भेटघाट र रमाइलो गरिनेछ । नसोचेको धनलाभ हुन सक्छ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) : साताको सुरुमा नयाँ कार्ययोजना बन्ने छ र पदीय जिम्मेवारी पाइएला । भाग्यले विभिन्न अवसर जुराउनेछ । राजनीतिक कार्यमा सफलता मिल्नेछ, तर स्वास्थ्यप्रति सजगता अपनाउनु जरुरी छ । साताको अन्त्यमा स्वास्थ्यमा गडबडी भई दैनिक कामकाजमा असर पर्ने योग छ । अनाहकमा अरूले गरेका गल्तीको पनि सजाय भोग्नुपर्ने अवस्था आउला ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) : शुभकार्यमा सरिक भइनेछ । शुभचिन्तकहरूले पूर्ण समर्थन प्रदान गर्नेछन् । मनोरञ्जन क्षेत्रमा गरेको लगानीबाट बढी लाभ हुनेछ । सुन्दर पहिरनले व्यक्तित्वमा निखार ल्याउनेछ । प्रेम सम्बन्ध कसिलो हुनेछ । अभिभावकको आशीर्वादले काममा सफलता पाइएला । राम्रो समाचार सुन्न पाउने योग छ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) : राजनीतिक वा सामाजिक क्षेत्रबाट गतिलो साथ र सहयोग मिल्नेछ । वैदेशिक क्षेत्रका कामबाट सफलता मिल्नेछ । साताको मध्यतिर मन खिन्न हुने अवस्था आउन सक्छ । आर्थिक कारोबारमा मन्दी पनि आउनेछ । विलासिता र मनोरञ्जनका लागि समय र धन खर्च हुने योग रहेको छ । प्रतिस्पर्धीहरूले औँला ठड्याउने अवसर पाउने छ । संयमता अपनाउनु बेस हुनेछ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) : नयाँ कार्यको थालनी हुने योग छ । सेयरबजारको लगानीले पनि राम्रो प्रतिफल नदेला । साताको उत्तरार्धमा रोकिएका काम पुनः सुरु हुन सक्ने योग रहेको छ । साथीभाइको भेटघाटले मन प्रफुल्ल रहला । जोसँग जतिवेला बोले पनि बडो विचार पु¥याएर मात्रै बोल्नु राम्रो हुनेछ । साताको अन्त्यमा विलासिता र मनोरञ्जनका लागि समय खर्चिनुपर्नेछ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) : नयाँ कामको थालनी हुने योग छ । मनमा हर्ष, उमंग र उत्साह छाउनेछ । सामाजिक संस्थाबाट सहयोग मिल्नेछ । शुभकार्यको थालनी हुने योग छ । साताको मध्यमा मन खिन्न हुने स्थिति आउनेछ । आर्थिक कारोबारमा मन्दी आउनेछ । वैदेशिक रोजगारी गर्नेहरूले घरायसी कुरा सम्झेर समय बिताउने छन् । छोराछोरीको स्वास्थ्य एवं पढाइप्रति जिम्मेवारी बोध हुनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) : साताको सुरुमा पुनर्मिलनको योग रहेको छ । सफलताको सम्भावनालाई नकार्न सकिँदैन । समयको सही सदुपयोग पनि हुनेछ । वैदेशिक वा कूटनीतिक नियोगको काम अघि बढ्नेछ । आफन्तको सहयोग प्राप्त हुनेछ । विपरीत वर्गप्रति आकर्षण बढ्नेछ । साथै, अकस्मात् धनसम्पत्ति हात पर्नेछ । घरायसी कामधन्दा र पारिवारिक आवश्यकता पूर्तिका लागि खट्नुपर्नेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) : रोकिएका काम बन्नेछन् । कृषि र घरायसी काम अघि बढ्नेछ । प्रविधिमार्फत पारिवारिक भेटघाट हुनुका साथै इस्टमित्रजनसँग पनि मेलमिलाप हुनेछ । राजनीतिक र सामाजिक संस्थाबाट सहयोग पनि पाइनेछ । सेयरबजारले पनि साथ देला । व्यवसाय र पेसाबाट राम्रै प्रतिफल प्राप्त हुनेछ । चिताएभन्दा बढी कमाउने योग रहेको छ । काम गर्न जाँगर चल्नेछ ।