६ महिनामा विद्युत् प्राधिकरणको नाफा ११ अर्ब, मन्त्रालयले दियो कुलमानलाई कार्यसम्पादनमा शून्य नम्बर

सोमबार, १९ फागुन, २०८१
डिजिटल संस्करण

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसँग अर्काे प्रतिशोध लिएको छ । मन्त्री दीपक खड्काको निर्देशनमा उनलाई गत आर्थिक वर्षको कार्यसम्पादन नम्बर शून्य दिने निर्णय गरेको छ। 

मन्त्रालयका सहसचिव नेतृत्वको कार्यसम्पादन मूल्यांकन समितिले उनलाई शून्य अंक दिएको थियो । समयमा कार्यसम्पादन मूल्यांकनसम्बन्धी फारम ढिला बुझाएको भन्दै नम्बर नै नदिने निर्णय गरेको हो । प्रतिशोधस्वरूप मन्त्री खड्काकै निर्देशनमा यसरी शून्य नम्बर दिने निर्णय गरेको मन्त्रालय स्रोत बताउँछ । मन्त्री खड्का जसरी पनि कुलमानलाई हटाउने तिकडममा छन्। 

जबकि सरकारका संस्थानहरूमध्ये नेपाल विद्युत् प्राधिकरणले उत्कृष्ट काम गरी उच्च मुनाफा आर्जन गर्दै आएको छ । चालू आर्थिक वर्षको ६ महिनामा मात्र प्राधिकरणले ११ अर्ब ३६ करोड नाफा आर्जन गरेको थियो । 

तर, घिसिङलाई हटाएर अनुकूल व्यक्तिलाई प्राधिकरणमा नियुक्त गर्न मन्त्री खड्काले पटक–पटक उनीसँग स्पष्टीकरणसमेत माग्ने काम गरेका छन् । 
 

सुझावित समाचार