युक्रेनको सुरक्षा ग्यारेन्टीविना युद्धविराम असफल हुनेछ : जेलेन्स्की

सोमबार, १९ फागुन, २०८१
डिजिटल संस्करण

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले देशका लागि सुरक्षा ग्यारेन्टीविनाको युद्धविराम असफल हुने बताएका छन्। बेलायती मिडियाहरूसँग कुरा गर्दै उनले मित्रराष्ट्रहरूले युद्धविरामको आह्वान गरे पनि यसले रुसी आक्रमणको दीर्घकालीन अन्त्य नल्याउने बताएका हुन्।

लन्डनमा युरोपेली मित्रराष्ट्रहरूसँगको वार्तापछि आइतबार पत्रकार सम्मेलनमा जेलेन्स्कीले युद्धविरामले युद्ध अन्त्य गर्ने विचारलाई ‘पर्याप्त नभएको’ भन्दै खारेज गरे। 

आइतबारको संकट शिखर सम्मेलनपछि फ्रान्सेली राष्ट्रपति इम्मानुएल म्याक्रोले फ्रान्स र बेलायतले युक्रेनमा ‘हावामा, समुद्रमा र ऊर्जा पूर्वाधारमा’ एक महिनाको युद्धविराम प्रस्ताव गरेको भनाइ छ। यद्यपि, यसले सुरुमा कम्तीमा जमिनी लडाइँलाई समेट्दैन। ‘यदि युक्रेनलाई गम्भीर सुरक्षा ग्यारेन्टीहरूविना युद्धविरामका लागि बाध्य पारिए सबैका लागि एक असफलता हुनेछ,’ जेलेन्स्कीले बेलायतबाट प्रस्थान गर्नुभन्दा केही समयअघि पत्रकारहरूसँग भने। ‘कल्पना गर्नुहोस्, एक हप्तापछि रुसीहरूले हामीलाई प्रहार गर्नेछन् र हामी उनीहरूतर्फ गोली चलाउनेछौँ, पूर्ण रूपमा बुझ्न सकिन्छ र यो के हुनेछ?’ कसले पहिलो गोली चलायो भन्नेबारे वर्षौंको झगडाको अनुमान गर्दै उनले भने, ‘यसबाट कसलाई फाइदा हुनेछ? रुसीहरूलाई, तर निश्चित रूपमा हामीलाई होइन।’

शुक्रबार वासिंटनमा भएको क्रोधित मुठभेडका क्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उपराष्ट्रपति जेडी भान्सले जेलेन्स्कीलाई ‘कृतज्ञ’ नभएको र उनीरूको प्रस्तावित युद्धविराम सर्तहरू स्वीकार गर्न अस्वीकार गरेको आरोप लगाएका थिए। यद्यपि, जेलेन्स्कीले आफूलाई सुरक्षा ग्यारेन्टी चाहिएको बताएका थिए। विवादास्पद बैठकको परिणामस्वरूप जेलेन्स्की युक्रेनी खनिज अधिकारहरू साझा गर्नेबारे प्रारम्भिक सम्झौतामा हस्ताक्षर नगरीकन ह्वाइट हाउस छाडेका थिए। 

सुझावित समाचार