नेपाल पत्रकार महासंघ शाखा कञ्चनपुरका अध्यक्ष सुरेशसिंह धामीलाई ‘कर्ण बोहरा स्मृति पत्रकारिता’ पुरस्कार प्रदान गरिएको छ। प्रेस चौतारी सुदूरपश्चिम प्रदेश समितिबाट पत्रकार महासंघ शाखा कञ्चनपुरका अध्यक्ष धामीलाई ‘कर्ण बोहरा स्मृति पत्रकारिता’ पुरस्कार प्रदान गरिएको हो।
प्रेस चौतारीका केन्द्रीय अध्यक्ष गणेश बस्नेतले धामीलाई नगद १५ हजार, प्रमाणपत्रसहित दोसल्ला ओढाएर सम्मान गरे। महेन्द्रनगरबाट प्रकाशित हुने अपिटुडे दैनिकका प्रशासकसमेत रहेका पत्रकार धामीले यसअघि इमेज टेलिभिजनदेखि विभिन्न सञ्चारमाध्यममा काम गरिसकेका थिए।
प्रेस चौतारी कञ्चनपुरका संस्थापक अध्यक्षसमेत रहेका पत्रकार महासंघ शाखा कञ्चनपुरका अध्यक्ष सुरेशसिंह धामीले आफूले पत्रकारिता क्षेत्रमा गरेको योगदानको कदर गर्दै पाइएको पुरस्कारले थप कार्यमा ऊर्जा थपिदिएको बताए।