- निर्वाचनमा क्रिस्चियन डेमोक्रेटिक युनियन (सिडियू) देशको सबैभन्दा ठुलो पार्टी बनेपछि यसका नेता फ्रेडरिक मर्ज आगामी चान्सलर बन्ने सम्भावना उच्च छ
जर्मनीको चुनावमा सोसल डेमोक्य्राट ओलाफ स्कोल्जले पराजय स्वीकार गरेपछि क्रिस्चियन डेमोक्रेटिक युनियन (सिडियु)का नेता फ्रेडरिक मर्ज अर्को चान्सलर बन्ने सम्भावना धेरै छ । निर्वाचन परिणामले सिडियु देशको सबैभन्दा ठुलो पार्टीको रूपमा देखिएको छ र जर्मनीको अति दक्षिणपन्थी पार्टी अल्टर्नेटिभ फर जर्मनी (एएफडी) दोस्रो बन्न सफल भएको छ । संघीय चुनावमा एएफडीले अहिलेसम्मकै निकै राम्रो नतिजा ल्याएको हो ।
मर्जले गठबन्धन सरकारका लागि तयारी गर्नुपर्नेछ, जसमा केही कठिन वार्ता समावेश हुनेछन् । युुरोपेली नेताले उनलाई ‘चान्सलर इन वेटिङ’ को रूपमा व्यवहार गर्ने अपेक्षा गर्न सकिन्छ । युरोपमा सबैभन्दा महत्वपूर्ण राजनीतिक पदमध्ये एक महत्वपूर्ण पद चान्सलर हुने तयारी गरेका मर्जबारे जान्नका लागि यहाँ आठ चिज छन् ।
पूर्वचान्सलर एन्जेला मर्केलका लामो समयका प्रतिद्वन्द्वी
तपाईंले मर्जबारे जान्नैपर्ने पहिलो कुरा यो हो कि उनी र पूर्वचान्सलर एन्जेला मर्केल लामो समयदेखि प्रतिद्वन्द्वी र विवादास्पद साझेदार थिए । सन् २००० को सुरुवातमा मर्केल सिडियुको नेता बनेपछि उनले मर्जÞलाई पार्टीको संसदीय नेताको भूमिकाबाट हटाइन् र आफैँ भूमिका लिइन् । मर्केलले मर्जलाई कहिल्यै मन्त्री बनाइनन् । वास्तवमा उनले सन् २००९ मा फेरि सांसदका लागि उम्मेदवारी नदिने निर्णय गरे । किनकि, उनले पहिले नै आफ्ना विभिन्न निजी क्षेत्रका चासोमा ध्यान केन्द्रित गर्न थालेका थिए (वकिल र कम्पनी बोर्ड सदस्यका रूपमा) । मर्केलको सिडियुलाई मध्यमार्गी आधार (यस्तो राजनीतिक अडान, जुन वामपन्थी र दक्षिणपन्थी दुवैतर्फ झुकाव राख्दैन) मा सार्ने निर्णयको उनले आलोचना गरेका थिए । यसले एएफडी पार्टीमा पलायन हुनका लागि मार्ग प्रशस्त गर्ने चिन्ता थियो । जब मर्ज २०२२ मा पार्टीको नेता बने, उनले पार्टीको कार्यक्रमलाई धेरै रुढिवादी दिशामा पुनः देख्न थाले ।
आर्थिक उदारवादी, सामाजिक रुढीवादी
मर्जले मर्केलको तुलनामा निकै फरक आर्थिक दृष्टिकोण राख्छन् । सन् २००३ मा उनले जर्मनीको कर नियमको आमूल सरलीकरणका लागि उनले पहल गरे । उनको पार्टीको २०२५ को घोषणापत्रले जर्मनीको सुस्त वृद्धिलाई बढावा दिन विशेष उद्योग तथा व्यापारलाई स्वतन्त्र राख्ने र कर कटौतीका लागि प्रस्ताव गरे । मर्जले तर्क गरे कि यसको अंश कल्याण कार्यक्रमबाट फाइदा लिने प्राप्तकर्तामा लागू हुने थप सर्तद्वारा वित्त पोषित हुनुपर्छ । सन् २०२४ मा उनले इयुलाई साझा ऋण लिन रोक्न ‘सबै कुरा’ गर्ने कुरा पनि भने ।
आफ्नो युवावस्थामा मर्ज क्याथोलिक युवा आन्दोलनमा संलग्न थिए । उनीसँग गर्भपतनको विरुद्धमा मतदान गरेको रेकर्ड छ र उनले समलैंगिकताबारे केही असहज टिप्पणी गरेका छन् । ‘उनी मेरो नजिक नआएसम्म मलाई कुनै आपत्ति छैन,’ बर्लिनका समलिंगी मेयर क्लाउस वोवराइटलाई उनले एकपटक भनेका थिए । एक अनौठो टिप्पणीमा उनले एकपटक आफ्नी श्रीमती र छोरीलाई महिलासँग समस्या नभएको प्रमाणको रूपमा उल्लेख गरे । कामचलाउ चान्सलर स्कोल्जसँगको एक टिभी बहसमा मर्जलाई केवल दुई लिंगलाई मात्र मान्यता दिने डोनाल्ड ट्रम्पको भनाइबारे उनको धारणा सोधिएको थियो । त्यसको जवाफमा उनले भनेका थिए, ‘तपाईं उनको स्थिति बुझ्न सक्नुहुन्छ ।’
अमेरिका – युरोप सम्बन्धका पक्षपाती
२००९ देखि २०१९ सम्म मर्जले एट्लान्टिक ब्रिजको अध्यक्षता गरे, जुन जर्मनी र अमेरिकाबिचको सम्बन्ध सुदृढ गर्न समर्पित एक प्रमुख जर्मन संस्था हो । स्वभावतः उनी एक ट्रान्सएट्लान्टिस्ट हुन् । हालै अमेरिकी राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पलाई उनको ‘नेतृत्वको लागि बलियो जनादेश’लाई ध्यानमा राख्दै निर्वाचनमा उनको विजयका लागि हातले लेखिएको शुभकामना नोट पठाए । यद्यपि, आफ्नो देशमा आमचुनावको रातमा व्यक्त गरेको एक बयानमा मर्जले अमेरिकाबाट ‘स्वतन्त्रता प्राप्त गर्ने’ वाचा गरे र स्वीकार गरे कि ट्रम्प युरोपको भाग्यप्रति ‘धेरै उदासीन’ छन् ।
बलियो युरोपेली एकता पक्षधर नेता
केही सावधानीसहित (उदाहरणका लागि साझा ऋण र शरणार्थीमा सहयोग) मर्ज एक युरोप समर्थित नेता हुन् । उनी सन् १९८९ र १९९४ को बिचमा युरोपेली संसद्को सदस्य थिए, नजिकको युरोपेली सहयोग ट्रम्पलाई युरोपको जवाफको महत्वपूर्ण हिस्सा भन्ने स्पष्ट छ ।
उनले युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेयन (जससँग मर्केलको सहयोगी र सिडियू उदारवादीको रूपमा उनीसँग थोरै आकर्षण थियो) सँग पनि सम्बन्ध जोडेका छन् । उनले लेयन, सिएसयुका नेता र युरोपेली संसद्को दक्षिणपन्थी दल एमइपिएसका नेता म्यानफ्रेड वेबरसँग सहयोग बढाउने सम्भावना छ । मर्जले स्कोल्जको नेतृत्वमा कठिन अवधिपछि सम्बन्ध पुनर्निर्माण गर्न वार्सा र पेरिस भ्रमण गर्ने वाचा पनि गरेका छन् ।
दक्षिणपन्थीसँग मर्जको विवादास्पद सम्बन्ध
एएफडीसँगको सम्बन्धको कुरा गर्दा मर्ज लगातार असंगतिमा देखिन्छन् । उनले २०२३ मा स्थानीयस्तरमा सहयोगको सम्भावनाबारे सोचेका थिए । ‘हामी लोकतान्त्रिक चुनावलाई मान्यता दिन बाध्य छौँ,’ उनले भनेका थिए । नोभेम्बर २०२४ मा मर्जले एएफडीसँग भर परेर उनी र उनको पार्टीले राष्ट्रिय संसद्मा कानुन पारितको प्रयास नगर्ने बताएका थिए । तर, उनले जनवरी २०२५ मा ठ्याक्कै त्यही कदम चालेर राष्ट्रलाई चकित पारे । उनले एएफडीको समर्थनमा कठोर अध्यागमन योजनालाई अगाडि बढाए । धारणामा आएको परिवर्तनले मर्केलले उनको आलोचना गरिन्, यद्यपि यो उनलाई अनावश्यक रूपमा चिन्तित विषय होइन ।
गठबन्धन राजनीतिको लामो अनुभव
मर्जले शासन गर्न धेरै अन्य पार्टीसँग सम्झौता गर्न आवश्यक छ । यसले कर कटौतीको उनको प्रमुख कार्यक्रम हासिल गर्न गाह्रो बनाउनेछ, किनकि कल्याण वा जलवायु खर्चमा कटौती सबै सम्भावित गठबन्धन साझेदारका लागि अराजक हुनेछ ।
बरु जर्मनीका अन्य पार्टीले जर्मनीको ‘ऋण ब्रेक’ (संवैधानिक नियम, जसले सरकारी उधारोलाई प्रतिबन्धित गर्छ) मा पुनर्विचार गरोस् भन्ने चाहन्छन् । रक्षा खर्च बढाउने आवश्यकतामा व्यापक सहमति दिएर त्यसो गर्न मर्ज थप दबाबमा पर्नेछन् । सम्भवतः परिवर्तनका लागि संसद्को दुवै सदनमा आवश्यक दुईतिहाइ बहुमत जुटाउन उनी दबाबमा पर्नेछन् ।
गत ग्रीष्ममा एक अन्तर्वार्तामा उनले आफूलाई आधुनिक शास्त्रीय संगीत र बिथोभेन (चुकन्दर फार्म) खेती मन पर्ने र कुनै दिन तिब्बत भ्रमण गर्ने आशा राखेको बताएका थिए ।
तर, बिदाहरू अहिले उनको प्राथमिकताबाट केही टाढा हुनेछन् । युरोपमा जर्मनीले फेरि एकपटक थप सक्रिय नेतृत्वको भूमिका खेल्ने तीव्र इच्छा छ । ट्रम्पले युरोपेली सुरक्षालाई महत्व दिन र युक्रेनलाई समर्थन गर्नबाट पछि हटिरहेको अवस्थामा मर्ज यो शून्यताबारे गहिरो ढंगले सजग छन् ।
–द कन्भर्सेसनबाट