जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले फुङलिङ बजार क्षेत्रमा आइतबार जारी गरेको निषेधाज्ञा आज राति ११ बजेबाट हटाएको छ। जिल्ला प्रशासनले फुङलिङ बजार क्षेत्रमा हुन सक्ने प्रदर्शन, जुलुसका कारण स्थानीयस्तरमा हुलदंगा, झडप र प्रतिकूल स्थिति सिर्जना भई शान्तिसुरक्षा भंग हुन सक्ने परिस्थितिका कारण ११ फागुन बिहान ५ बजेदेखि लागू हुने गरी निषेधाज्ञा जारी गरेको थियो।
प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माका अनुसार उक्त निषेधाज्ञा मंगलबार राति ११ बजेबाट खुला गरिएको छ। प्रजिअ शर्माले जिल्ला सुरक्षा समितिको बैठक बसी निषेधाज्ञा अन्त्य गरेको जारी सूचनामा उल्लेख छ।