संसदमा उठ्यो सडकका कुरा, दुर्घटनामा परेकाको निःशुल्क उपचार गर्न माग

मंगलबार, १३ फागुन, २०८१
डिजिटल संस्करण

प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले सडक दुर्घटनामा परेकाको राज्यले निःशुल्क उपचारको व्यवस्था गर्न माग गरेका छन् । प्रतिनिधिसभाको  बैठकमा सांसद रामहरि खतिवडाले सडक दुर्घटनामा परेका घाइतेको निःशुल्क उपचारको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएका हुन्  काभ्रेभञ्ज्याङमा आज भएको बस दुर्घटनाको विषय पनि उनले संसदमा उठाए ।

यस्तै, सांसद देवेन्द्र पौडेलले विभिन्न सडक दुर्घटनामा परेकाको  निःशुल्क उपचार गर्न माग गरे । दुर्घटनामा कमी ल्याउन सडक सुरक्षा प्रभावकारी बनाउने र ट्राफिक नियमको पालनामा कडाइ गर्नुपर्ने उनको सुझाव छ । राति दुर्घटना हुँदा घाइतेको उद्धार गर्न राज्यसँग ‘नाइटभिजन’ हेलिकोप्टर नहुनु दुःखद भएको सांसद पौडेलको भनाइ छ ।

सुझावित समाचार