ललितपुरमा ट्रकको ठक्करबाट साइकलयात्रुको मृत्यु

मंगलबार, १३ फागुन, २०८१
डिजिटल संस्करण

ललितपुरमा ट्रकको ठक्करबाट साइकलयात्रुको मृत्यु भएको छ । ललितपुर महानगरपालिका– ४ विष्णुदेवी मन्दिरनजिकै सडकमा रा.१ ख ९५१ नम्बरको ट्रकको ठक्करबाट साइकलयात्री ललितपुर महानगरपालिका– २१ ठुलो खोकना बस्ने ४९ वर्षीय भीमरत्न महर्जनको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको नेपाल मेडिसिटी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको  प्रहरीले जनाएको छ । ट्रकचालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
 

सुझावित समाचार