इतिहासमा आज

मंगलबार, १३ फागुन, २०८१
डिजिटल संस्करण

सन् १९५६ :  निकिता ख्रुस्चेबले सोभियत संघको कम्युनिस्ट पार्टीको २०औँ सम्मेलनमा पूर्वपार्टी–प्रमुख स्टालिनको खुलेर आलोचना गरे । ख्रुस्चेभले गरेको स्टालिनको निन्दापछि विश्वभरका कम्युनिस्ट पार्टी विभाजित भएका थिए ।

सन् १८७० :  अश्वेत राजनीतिज्ञ हिरम रिभेल्सले पहिलो अश्वेत अमेरिकी सिनेटरको रूपमा शपथ लिए । उनले मिसिसिपी राज्यबाट चुनाव जितेका थिए ।

सन् १९२५ :  लामो अवरोधपछि सोभियत संघ र जापानबिच कूटनीतिक सम्बन्ध स्थापित ।

सन् १९३२ :  अस्ट्रियाबाट आप्रवासीका रूपमा जर्मनी पुगेका एडोल्फ हिटलरले आजकै दिन जर्मन नागरिकता लिए ।

सन् १९८६ :  तत्कालीन फिलिपिनी राष्ट्रपति फर्डिनान्ड मार्कोस देश छाडेर अमेरिकाको हवाईमा निर्वासित भए ।

सन् २००१ ः क्रिकेट इतिहासका सबैभन्दा महान्मध्ये एक मानिने अस्ट्रेलियन खेलाडी डन ब्राडम्यानको ९२ वर्षको उमेरमा निधन ।

सन् २०२१ :  चिनियाँ राष्ट्रपति सी जिनपिङले उनको देशमा चरम गरिबी उन्मूलन भएको घोषणा गरे ।

सुझावित समाचार