सनस्टार कप राष्ट्रिय पुरुष भलिबल : कर्णाली प्रतियाेगिताबाटै बाहिरियो

आइतबार, ११ फागुन, २०८१
डिजिटल संस्करण

रोल्पामा जारी सनस्टार कप पुरुष राष्ट्रिय भलिबल प्रतियोगितामा आइतबार चार खेल सम्पन्न भएका छन्। आइतबारको खेलबाट कर्णाली प्रदेश बाहिरिएको छ। शनिबार त्रिभुवन आर्मी क्लबसँग पराजित भएको कर्णाली लुम्बिनी प्रदेशसँग पनि हार व्यहोरेएपछि प्रतियोगिताबाटै बाहिरिएको हो।

आइतबार भएको पहिलो खेलमा कोशी प्रदेशविरुद्ध नेपाल पुलिस क्लब विजयी भएको छ। २५–१९ अंकले पहिलो सेट आफ्नो पक्षमा पारेको कोशीले अन्य तीन सेटमा भने लय गुमायो। २५–१४, २५–१६ र २५–१५ अंकको पराकिलो अन्तरले पुलिसले कर्णालीमाथि जित हासिल गरेको हो।

त्यस्तै, लुम्बिनी र कर्णाली प्रदेशबिच पनि चार खेल भए। जसमा पहिलो सेटमा २५–१४ अंक ल्याएर लुम्बिनी प्रदेशले खाता खोलेको थियो। दोस्रो सेटमा भने २५–२३ ले कर्णाली प्रदेशले जित निकाल्यो। त्यसपछिका दुई सेटमा कर्णालीविरुद्ध लुम्बिनीले ३४–३२ र २५–१५ अंकका साथ जित निकाल्न सफल रह्यो।

त्यस्तै, आयोजक सनस्टार युवा क्लब रोल्पा र कोशी प्रदेशबिचको खेलमा लगातार तीन खेल आफ्नो पक्षमा पार्दै कोशी प्रदेशले जित हासिल गरेको छ। सनस्टारमाथि कोशी प्रदेशले २५–१५, २५–१५ र २५–२३ को अंकभार कायम गर्दै सहज जित निकालेको हो।

आइतबार भएको अन्तिम खेलमा नेपाल पुलिस क्लबले मधेश प्रदेशलाई सोझो सेटमा हरायो। मधेश प्रदेशविरुद्ध नेपाल पुलिस क्लबले २५–९, २५–१० र २५–११ को फराकिलो अंकको जित निकालेको हो।

सनस्टार युवा क्लब रोल्पाको १३औँ वार्षिकोत्सवको अवसरमा आयोजित दोस्रो राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा दुई विभागीयसहित सात टिम सहभागी छन्। प्रतियोगितामा पहिलो हुनेले पाँच लाख राशिको पुरस्कारसहित सनस्टार कप जित्नेछन्। त्यस्तै, दोस्रो हुनेले दुई लाख पचास हजार, तेस्रोले एक लाख र सान्त्वना हुने टिमले पचास हजार रुपैयाँ हात पार्ने क्लबका अध्यक्ष पूर्ण केसीले जानकारी दिए।

See More On

सुझावित समाचार