राष्ट्रिय स्वतन्त्र पार्टी केन्द्रीय प्रशिक्षण विभागले केन्द्रीय समितिबाट स्वीकृत पाठ्यक्रमअनुसारको राजनीतिक प्रशिक्षण कार्यक्रम आजदेखि सुरु गरेको छ ।
स्वीकृत पाठ्यक्रमको पहिलो प्रशिक्षण केन्द्रीय कार्यालय वनस्थली काठमाडौंमा आयोजना भइरहेको र प्रशिक्षणमा केन्द्रीय समितिलाई सहभागी गराइएको छ । यो कार्यक्रम आज र भोलि गरी दुई दिन चल्नेछ ।
बिहानको पहिलो सत्रमा पार्टी कार्यवाहक सभापति डोलप्रसाद अर्यालले प्रशिक्षणको औचित्य र महत्त्वबारे प्रकाश पारे। उपसभापति डा. स्वर्णिम वाग्लेले प्रशिक्षणले संगठनलाई मजबुत गर्दै नेतृत्व विकासमा प्रभावकारी कदम हुने बताए । आगामी योजना क्रममा केन्द्रीय तह, प्रदेश तह हुँदै जिल्ला, पालिकासम्म प्राथमिकतामा प्रशिक्षण गर्ने तालिका रहेकोसमेत उपसभापति डा. वाग्लेले बताए ।
यो प्रशिक्षण भोलि पनि नियमित सञ्चालन हुनेछ । राजनीतिक प्रशिक्षण कार्यक्रम केन्द्र हुँदै प्रदेश, जिल्ला, पालिका र वार्डसम्म लगत्तै सञ्चालन हुने गरी तयारी गरिएको छ ।