संखुवासभाको मकालु र सभापोखरीमा दुर्घटनामा परी दुईजनाको मृत्यु

शुक्रबार, ९ फागुन, २०८१
डिजिटल संस्करण
संखुवासभाको मकालु र सभापोखरीमा दुर्घटनामा परी दुईजनाको मृत्यु

मृतक उपेन्द्र राई

संखुवासभाको मकालु र सभापोखरीमा फरक–फरक दुर्घटनामा परी शुक्रबार दुईजनाको मृत्यु भएको छ । बिहीबार साँझ करिब पौने ७ बजेतिर मकालु गाउँपालिका– ६ स्थित विर्जमान राईको छोरा २६ वर्षीय उपेन्द्र राई बिजुलीको पोलमा चढी तार जडान गर्ने क्रममा अचानक करेन्ट लागेर लडी गम्भीर घाइते भएको र राति नै खाँदबारी अस्पताल ल्याउँदा चिकित्सकले शुक्रबार बिहान मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक अभिषेक श्रेष्ठले बताए।

उनका अनुसार  मृतकको शव अस्पतालको शवगृहमा राखिएको छ । पोस्टमार्टमपछि कानुनी प्रक्रिया पूरा गरी आफन्तलाई शव दिइने प्रहरीको भनाइ छ । त्यसैगरी, संखुवासभाको सभापोखरी गाउँपालिका– ६ स्थित भित्री सडक हन्सीगाउँनजिकै बाह्रबिसेबाट आपुङतर्फ जाँदै गरेको भे.२त १९२९ नम्बरको ट्याक्टर दुर्घटना हुदाँ संखुवासभा चैनपुर नगरपालिका– ६ का डम्बरबहादुर बराइलीको छोरा १९ वर्षीय रवि बराइलीको शुक्रबार बिहान जिल्ला अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक श्रेष्ठले बताए । उनका अनुसार, बालुवा बोकेको ट्याक्टर आफैँ अनियन्त्रित भई बाटोदेखि करिब ६० मिटर तल खोल्सीमा झरी दुर्घटना भएको र चालक बराइलीको मृत्यु भएको हो । 

घाइतेलाई उपचारका लागि जिल्ला अस्पताल खाँदबारी ल्याउने क्रममा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।
 

सुझावित समाचार