युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसले आफूविरुद्ध धेरै दुष्प्रचार गरेको टिप्पणी गरेका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प पनि रुसको दुष्प्रचारमै बाँचिरहेको जेलेन्स्कीको आरोप छ।
‘राष्ट्रपति डोनाल्ड ट्रम्पलाई एक नेताको रूपमा सम्पूर्ण सम्मानका साथ... उनी यो दुष्प्रचारको क्षेत्रमा बाँचिरहेका छन्,’ उनले भने। पाँचवर्षे कार्यकालका लागि सन् २०१९ मा निर्वाचित जेलेन्स्की चार प्रतिशतभन्दा कम जनमतले अनुमोदित भएको भन्ने ट्रम्पको टिप्पणी पछि उनले यस्तो जवाफ दिएका हुन्।
यो ‘दुष्प्रचार’ रुसबाट फैलाइएको युक्रेनसँग प्रमाण रहेको भन्दै जेलेन्स्कीले अहिले आफ्नो स्थान लिन सक्ने नेता नरहेको दाबी गरे। ५८ प्रतिशत युक्रेनीको समर्थन आफूलाई रहेको भन्दै उनले यस्तो दाबी गरेका हुन्। बिबिसीबाट