पौडेलको अध्यक्षतामा प्रेस चौतारी गण्डकीको नयाँ कार्यसमिति चयन

मंगलबार, ६ फागुन, २०८१
डिजिटल संस्करण

प्रेस चौतारी नेपाल गण्डकी प्रदेशको अध्यक्षमा इन्द्रप्रसाद पौडेल पुनः चयन भएका छन्। नवलपुरको कावासोती– १५ अमलटारीमा मंगलबार सम्पन्न चौतारीको दोस्रो अधिवेशनले पौडेलको अध्यक्षतामा २४ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

चौतारीको प्रदेश उपाध्यक्षमा इतराज गुरुङ, महिला उपाध्यक्षमा रञ्जिता शर्मा, महासचिवमा आस गुरुङ चयन भएका छन्। त्यस्तै, कोषाध्यक्षमा मदन तिमिल्सिना, सचिवहरूमा गौरव त्रिपाठी, गोपाल जिटी, सिर्जना बराल, बालकृष्ण सुवेदी र डिलबहादुर विक चयन भएका प्रेस चाैतारी नवलपुरका अध्यक्ष तीर्थराज डुम्रेले जानकारी दिए।

सदस्यहरूमा राजन पौडेल, रोशन लामिछाने, डा. नरनाथ पाण्डे, हरि सुवेदी (सुशील), राम सुनार, अर्जुन गाहा, विजय नेपाल, सुवास गौतम, राजन उपाध्याय, दयाराम आचार्य, रञ्जन अधिकारी, रामबहादुर खत्री, शिव बोहोरा र निरज थकाली चयन भएका छन्। अधिवेशनको सोमबार प्रेस चौतारीका केन्द्रीय अध्यक्ष गणेश बस्नेतले उद्घाटन गरेका थिए।

सुझावित समाचार