प्रकृति लम्साल मृत्यु प्रकरण : सांसदहरूले गराए सरकारको ध्यानाकर्षण

मंगलबार, ६ फागुन, २०८१
डिजिटल संस्करण

भारतको ओडिसा राज्यस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजीमा अध्ययनरत छात्रा प्रकृति लम्सालको रहस्यमय मृत्युबारे प्रतिनिधिसभामा सांसदहरूले सरकारको ध्यानाकर्षण गराएका छन् ।

मंगलबारको प्रतिनिधिसभा बैठकमा सांसदहरूले नेपाली विद्यार्थीमाथि भएको यस्तो घटनामा संसद् र सरकारले गम्भीरतापूर्वक रूपमा लिनुपर्ने बताएका छन् । बैठकको आकस्मिक समयमा नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटा सुबोध, रास्वपा सांसद मनीष झा, एमाले सांसद ठाकुर गैरे, राप्रपा सांसद ध्रुवबहादुर प्रधालगायतले यसबारे ध्यानाकर्षण गराए ।

त्यस्तै, शून्य समयमा बोल्दै राप्रपा सांसद विना लामा, कांग्रेस सांसद शान्ति विक, रास्वपा सांसद शिशिर खनाल, एकीकृत समाजवादीका सांसद शेरबहादुर कुँवरलगायतले विषय उठाएका छन् ।

सुझावित समाचार