सहपाठीलाई न्याय माग्दा आफ्नै विश्वविद्यालयबाट निकालिए नेपाली विद्यार्थी(भिडियोसहित)

सोमबार, ५ फागुन, २०८१
डिजिटल संस्करण

 भारतको उडिसा राज्यस्थित भुवनेश्वरमा रहेको केआइआइटी विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थीहरू आफ्नै विश्वविद्यालयबाट असुरक्षित बनेका छन्। मृत भेटिएकी सहपाठीका लागि न्याय माग्दा विश्वविद्यालय प्रशासनले नै उनीहरूलाई धम्क्याउँदै आ–आफ्नो घर जान भन्दै रेल स्टेसनमा लगेर छाडिदिएको छ। 

बिटेक तेस्रो वर्षमा अध्ययनरत नेपाली विद्यार्थी प्रकृति लम्सालको रहस्यमय मृत्युपछि विद्यार्थीहरू आक्रोशित बनी आन्दोलन गरेका थिए। कलेजले ध्यान नदिँदा उनको मृत्यु भएको विद्यार्थीहरुको आरोप छ । सोही कलेजमा पढ्ने एक विद्यार्थीको दुर्व्यवहारका कारण उनको मृत्यु भएको विद्यार्थीहरूको भनाइ छ। त्यसबारे प्रकृतिले कलेजलाई जानकारी गराउँदासमेत कारबाही नभएको भन्दै विद्यार्थीहरू आन्दोलित बनेका हुन्। 

उनीहरूले नाराबाजी गरेपछि क्याम्पस प्रशासनले सबै नेपाली विद्यार्थीलाई सोमबारसम्म क्याम्पस छाड्न निर्देशन जारी दिएको हो। कतिपय विद्यार्थीलाई सुरक्षाकर्मी लगाएर जबर्जस्ती निकालिएको थियो। सो विश्वविद्यालयमा करिब एक हजार दुई सय नेपाली विद्यार्थी अध्ययनरत छन् ।  

दिल्लीस्थित नेपाली राजदूतावासले केआइआइटी विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थीको सुरक्षा सुनिश्चित गर्न भारत सरकारलाई तथा नेपाली विद्यार्थीलाई निकाल्ने निर्णय फिर्ता गर्न विश्वविद्यालयलाई अनुरोध गरेको छ। तर, दुर्व्यवहार गरेर निकालिएकाले कलेज फर्कन सक्ने अवस्था नभएको विद्यार्थीहरूले बताएका छन्। यसरी रेल स्टेसन लगेर छाडिएका कतिपय विद्यार्थीहरु अलपत्र परेका छन्। कतिपय होटेलमा गएर बसेका छन्। 

भिडियो:
 

सुझावित समाचार