उदयपुरमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु, एक घाइते

आइतबार, ४ फागुन, २०८१
डिजिटल संस्करण

सिद्धिचरण लोकमार्गअन्तर्गत सिराहा–मिर्चैया–उदयपुर–कटारी खण्डमा मोटरसाइकल दुर्घटनमा परी एकजनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय उदयपुरमा कार्यरत इन्स्पेक्टर सुमन बानियाँका अनुसार कटारी नगरपालिका– ७ मर्जेपुर घर भई हाल कटारी नगरपालिका– ४ माझीटोल बस्ने वर्ष २३ का रविन तामाङको मृत्यु भएको हो ।

शनिबार मिर्चैयाबाट कटारी आउँदै गर्दा कटारी नगरपालिका– १ नौडाँडास्थित सिद्धिचरण लोकमार्गमा प्रदेश २–०१–००३ प १३०४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकभन्दा ९–१० मिटर तल कल्भर्टबाट खोल्सामा झरी दुर्घटना भएको थियो।

बानियाँले दुर्घटनामा मोटरसाइकलकाे पछाडि सवार सिराहा धनगढीमाई नगरपालिका– १४ दल्मेका वर्ष २३ का किरण तामाङ घाइते भई धरानस्थित घोपा अस्पतालमा उपचार भइरहेको जानकारी दिए।

सुझावित समाचार