कमलपोखरीस्थित सानदार मःमः पसलमा गत माघ २३ गते ग्यास लिक भएर आगलागी हुँदा घाइते भएका थप एकजनाको मृत्यु भएको छ ।
आगलागीमा परी घाइते भएर कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारत काभ्रेपलाञ्चोक बेथानचोक गाउँपालिका धुनखर्क घर भई हाल काठमाडौं कमलपोखरी बस्ने २५ वर्षीय छिरिङ लामाको मृत्यु भएको जिल्ला परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपिलराज बोहराले बताए ।
उनले भने, ‘आगलागीमा परी घाइते भएका लामाको गएराति मृत्यु भएको छ । हाल सातजनाको उपचार भइरहेको छ ।’
यसअघि उदयपुरको उदयपुरगढी– ७ घर भई हाल काठमाडौं बस्ने २२ वर्षीय प्रदीप तामाङ, मकवानपुरको मनहरि गाउँपालिका– ५ डिल्लीपुरका १८ वर्षीय रविन राई र उदयपुरको कटारी नगरपालिका– ८ गालटारका २५ वर्षीय भीमबहादुर घलेमगरको उपचारका क्रममा मृत्यु भइसकेको छ ।