क्यान्सरपीडित कवि न्यौपानेलाई बागबजार बर्गरहाउस टिमको सहयोग

बुधबार, ३० माघ, २०८१
डिजिटल संस्करण

बागबजारमा रहेको बर्गर हाउसका सञ्चालक विजय सापकोटासहितको टिमले क्यान्सरपीडित कवि नवराज न्यौपानेलाई आर्थिक सहयोग प्रदान गरेको छ। 

दुई वर्षदेखि क्यान्सरसँग जुधिरहेका न्यौपानेलाई उनकै निवासमा पुगेर २५ हजार रुपैयाँ हस्तान्तरण गरिएको हो। 

सिन्धुपाल्चोकका न्यौपाने कुवेतमा काम गरिरहँदा ब्लड क्यान्सर देखा परेपछि दुई वर्षअघि नेपाल आएका थिए। अहिले उपचाररत न्यौपानेलाई आर्थिक अवस्था कमजोर भएकाले थप उपचारमा कठिनाइ भइरहेको छ । न्यौपाने साहित्य सिर्जनासमेत गर्छन् । हालसम्म उनले चार पुस्तक लेखिसकेका छन भने सोही पुस्तक बेचेर आफ्नो उपचार खर्च जुटाइरहेका छन्। 

सुझावित समाचार