प्रहरीलाई कुटपिट गर्नेमाथि अनुसन्धान गर्न रास्वपाको माग

मंगलबार, २९ माघ, २०८१
डिजिटल संस्करण

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद शिशिर खनालले नेपाल प्रहरीमाथि कुटपिट गर्नेमाथि अनुसन्धान गर्न नसकेको भन्दै आलोचना गरेका छन् । 

प्रतिनिधिसभाको मंगलबारको बैठकमा सांसद खनालले केही दिनअघि नेपाल प्रहरीका दुईजना कर्मचारीमाथि भएको आक्रमणको घटनाको अनुसन्धान नगरिएको भन्दै सरकारको आलोचना गरेका हुन् । 

‘ड्युटीमा रहेका प्रहरीलाई कुट्ने अस्कल क्याम्पसका नेतालाई पक्रन नेपाल प्रहरीले अनुसन्धान गर्ने पनि हिम्मत गरेनछ । त्यो क्षेत्रको प्रतिनिधित्व गर्ने सांसदको रूपमा मलाई त्यहाँका धेरै विद्यार्थीले मेसेज गर्नुभएको छ,’ खनालले भने, ‘उहाँहरूले लेख्नुभएको छ, क्याम्पसको कक्षा कोठामा सधैँ उहाँहरूको दादागिरी चल्थ्यो । तर, अब पुलिसले पनि आँट नगरेपछि कसरी क्याम्पसमा पढ्ने वातावरण होला र ? कृपया यसबारे बोलिदिनु न ।’

सदन र भाषणहरूमा युवाहरू देश छाडेर गए भनेर धेरै नेताहरूले चिन्ता व्यक्त गरे पनि व्यवहारमा दलीय आधारमा एउटा पक्षको विद्यार्थीहरूलाई मात्र देश सुरक्षित छ भनेर नेपाली युवालाई सन्देश दिइरहेको सांसद खनालको भनाइ थियो ।

सुझावित समाचार