५७० मिलिग्राम खैरो हेरोइनसहित एकजना पक्राउ

सोमबार, २८ माघ, २०८१
डिजिटल संस्करण

मकवानपुर प्रहरीले ५७० मिलिग्राम खैरो हेरोइनसहित एक युवालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा मकवानपुरको मनहरी गाउँपालिका– ४, मसिने घर भई हाल हेटौँडा उपमहानगरपालिका–२, चौकीटोल बस्ने २० वर्षका अमन प्रजा रहेका छन्।

प्रहरीका अनुसार विशेष सूचनाका आधारमा प्रजालाई हेटौँडा–१, चौकीटोलस्थित भित्री सडकबाट नियन्त्रणमा लिइएको हो। पैदल हिँडिरहेको अवस्थामा प्रजालाई रोकी खानतलासी गर्दा पाइन्टको खल्तीमा लुकाइछिपाई राखिएको अवस्थामा उक्त परिमाणको खैरो हेरोइन फेला परेको हो।

पक्राउ परेका प्रजालाई मकवानपुर जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिई अनुसन्धन प्रक्रिया अगाडि बढाइएको मकवानपुर प्रहरी प्रवक्ता डिएसपी श्यामु अर्यालले जानकारी दिए।

सुझावित समाचार