प्रधानमन्त्री ओलीले आज सातवटै प्रदेशका मुख्यमन्त्रीहरूसँग ‘एक्सन रुम’बाट छलफल गर्ने

विकास परियोजना सम्पन्न गरेका ठेकेदारलाई ३० अर्ब भुक्तानी

शुक्रबार, २५ माघ, २०८१
डिजिटल संस्करण

प्रधानमन्त्री केपी ओलीले आज सातवटै प्रदेशका मुख्यमन्त्रीहरूसँग ‘एक्सन रुम’बाट छलफल गर्ने भएका छन् । सामाजिक सञ्जाल फेसबुकमा सडक निर्माण भइरहेको भिडियो राखेर विकास निर्माण र आयोजनाहरूको प्रगतिबारे आज सातवटै प्रदेशका मुख्यमन्त्रीहरूसँग ‘एक्सन रुम’बाट छलफल गर्न लागेको उनले बताएका छन् ।

प्रधानमन्त्री ओलीले विकास परियोजना सम्पन्न गरेका ठेकेदारलाई ३० अर्ब भुक्तानी गरिएको उनकाे भनाइ छ। उनले विकास–निर्माणका परियोजना पूरा गरेरै छाड्ने प्रतिबद्धतासमेत व्यक्त गरेका छन् । साथै उनले तिनलाई निर्धारित समयमा सम्पन्न गर्नु सरकारको प्राथमिकता भएको जनाएका छन् ।

प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘शुभबिहानी ! हाम्रा विकास निर्माण र आयोजनाहरूको प्रगतिबारे सातवटै प्रदेशका मुख्यमन्त्रीहरूसँग एक्सन रुमबाट आज छलफल हुँदै छ। हाम्रो प्राथमिकता छ- थालेको काम सक्ने। विकास परियोजना सम्पन्न गरेका ठेकेदारलाई भुक्तानीसमेत नदिएको विगतको अवस्थाबाट अगाडि बढेर ३० अर्ब बक्यौता भुक्तानी गरेका छौँ। पूर्वाधार निर्माणसम्बन्धी रोकिएका धेरै काम द्रुत गतिमा अगाडि बढेका छन्।’

सुझावित समाचार