स्याङ्बोचेमा जलवायु न्यायसम्बन्धी नेविसंघको संगोष्ठी

बिहिबार, २४ माघ, २०८१
डिजिटल संस्करण

नेविसंघले सोलुखुम्बुको स्याङ्बोचेमा बिहीबार जलवायु न्यायसम्बन्धी संगोष्ठी सम्पन्न गरेको छ। उक्त कार्यक्रम क्लिन इनर्जी नेपाल, हरिण नेपाल, नेपाली युवा जलवायु अभियान, वर्ल्डस् युथ फर क्लाइमेट जस्टिस, युथ एक्सन फर सस्टेनेबल एन्ड इको नेपाल तथा युथ इनिसिएटिभ नेपालको संयुक्त आयोजनामा सम्पन्न भएको थियो। जलवायु संगोष्ठीको सन्देश ‘हिउँ पग्लिनुअघि नै कारबाही गरौँ’ भन्ने थियो।

संगोष्ठीको आयोजना ‘जय नेपाल टी–२० अन्तर्राष्ट्रिय अन्तरविश्वविद्यालय क्रिकेट प्रतियोगिता’ को सफल समापनपछि गरिएको थियो । जसको मुख्य सन्देश ‘वान अर्थ वान भोइस : एक्ट अन क्लाइमेट चेन्ज’ भन्ने थियो। यस कार्यक्रममा जय नेपाल क्रिकेट प्रतियोगिताको विजयी टिम (मध्यपश्चिम विश्वविद्यालय), सगरमाथा राष्ट्रिय निकुञ्जका प्रतिनिधि, हिमालयन ट्रेकर्स नेपालका प्रतिनिधि, स्थानीय बासिन्दा, ट्रेकरहरू, नेपाल विद्यार्थी संघका सदस्यहरू तथा जलवायु अभियन्ताहरूको सहभागिता रहेको थियो।

सुझावित समाचार