सरकारी टाेली र पाथीभरा केबलकार निर्माणको विरुद्धमा आन्दोलनरत पक्षबिचको वार्ताविना निष्कर्ष भोलि बस्ने गरी टुंगिएको छ। सरकार पक्ष केबलकार निर्माणको निर्णयबाट पछि नहट्ने भएपछि वार्ता निष्कर्षविहीन बनेको आन्दोरत पक्षका वार्ताटोली संयोजक अम्मर तुम्याहाङले बताए।
उनका अनुसार वार्ता भोलि बिहान ११ बजे ललितपुरस्थित होटेल हिमालयमा पुनः बस्ने छ। आन्दोलनको आगामी कार्यादिशा भोलिको वार्ताले निर्धारण गर्ने उनको भनाइ छ।