राष्ट्रिय सेवा दलको कार्यकारी महानिर्देशकमा पूर्वउपरथी ढकाल नियुक्त

शुक्रबार, १८ माघ, २०८१
डिजिटल संस्करण

राष्ट्रिय सेवा दलको कार्यकारी महानिर्देशकमा अवकाशप्राप्त उपरथी याम प्रसाद ढकाल नियुक्त भएका छन्। गत १५ माघमा बसेको मन्त्रिपरिषद्को बैठकले उनको नियुक्ति गरेको हो । 
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले शुक्रबार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दैै उनको नियुक्तिबारे जानकारी दिएका हुन् । 

सुझावित समाचार