गृहमन्त्रीसँग अतिरिक्त सचिवको शिष्टाचार भेट

मंगलबार, १५ माघ, २०८१
डिजिटल संस्करण

गृहमन्त्री रमेश लेखकसँग उनको कार्यकक्षमा भारतको विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महावरले शिष्टाचार भेट गरेका छन् ।

त्यस अवसरमा उनीहरूबिच नेपाल–भारत सीमा सम्बन्धका साथै आपसी हित र चासोका विविध विषयमा विचार–विमर्श भएको गृहमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

साथै उनीहरूले सीमा क्षेत्रमा हुने आपराधिक गतिविधि नियन्त्रण, दुवै देशका सीमा सुरक्षाबलबिचको सहकार्य एवं समन्वय, कञ्चपुरको दोधारा चाँदनीमा एकीकृत भन्सार जाँच चौकी निर्माणलगायत विषयमा पनि छलफल गरेका थिए । रासस

सुझावित समाचार