सुनचाँदीकाे मूल्यमा सोमबार सामान्य गिरावट आएको छ। अघिल्लो दिन प्रतितोला रु. एक लाख ६० हजार चार सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला रु. तीन सयले घटेर रु. एक लाख ६० हजार एक सय तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
त्यस्तै, आज आइतबारको तुलनामा चाँदीको मूल्य प्रतितोला रु. १५ ले घटेर रु. एक हजार ८५० तोकिएको छ। चाँदी अघिल्लो दिन प्रतितोला रु. एक हजार ८६५ मा किनबेच भएको थियो।
हाल अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔँस दुई हजार सात सय ५६ अमेरिकन डलरआसपास कारोबार भइरहेको छ।