काठमाडौं महानगरपालिका– १६ ठमेल क्षेत्रपाटीस्थित ह्यान्डिक्राफ्ट पसलबाट चरेस र गाँजालगायत लागुऔषध बरामद भएको छ । दुई किलो चरेस, एक किलो दुई सय ग्राम गाँजा, नियन्त्रित लागुऔषध ट्रामाडोल ८० ट्याब्लेट, नाइट्राभेट नाै ट्याब्लेट, मेथाडोन २८० ट्याब्लेट र नगद ७४ हजार रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ।
पसलका सञ्चालक सोही महानगरपालिका– २१ भोटेवहाल घर भएका ५८ वर्षीय शुद्धशरण रञ्जितकारलाई प्रहरीले ती लागुऔषधसहित बुधबार दिउँसो पक्राउ गरेको छ । प्रहरी वृत्त लैनचौरसमेतबाट खटिएको प्रहरीले उनको पसल तलासी गर्दा उक्त लागुऔषध फेला पारी पक्राउ गरेको हो ।