बाघले झम्टँदा मोटरसाइकलबाट लडेर दुईजना घाइते

सोमबार, ७ माघ, २०८१
डिजिटल संस्करण

नवलपुरको गैँडाकोट–३ ढोडनीस्थित कालीगण्डकी कोरिडोरमा बाघले झम्टेपछि भाग्न खोज्दा मोटरसाइकल दुर्घटना हुँदा दुईजना घाइते भएका छन् । 

जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार गैँडाकोट–३ ढोडनीबाट गैडाकोटतर्फ आउँदै गरेको बाप्र०६–००१ प ९८३५ नम्वरको मोटरसाइकललाई बाघले झम्टिन खोज्दा मोटरसाइकल दुर्घटना भएको हो । 

दुर्घटनामा परी मोटरसाइकल चालक तनहुँ शुक्लगण्डकी गाउँपालिका–३ निवासी २९ बर्षीय सुशील परियार र मोटरसाइकल पछाडि बसेका चितवनको रत्न नगर नगरपालिका–१० निवासी ३० वर्षीय दिपेन्द्र नेपाल घाइते भएका हुन् । 

घाइतेहरुको नयाँ मेडिकल कलेज भरतपुर चितवनमा उपचार भइरहेको छ । घाइतेहरूको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।
 

सुझावित समाचार