पहिलो खो–खो विश्वकपमा नेपालका दुवै टोली उपविजेता

सोमबार, ७ माघ, २०८१
डिजिटल संस्करण

नेपालका महिला र पुरुष टोली पहिलो खो–खो विश्वकपको फाइनलमा भारतसँग प्रतिस्पर्धा गर्दै । आइतबार भारतको इन्दिरा गान्धी इन्डोर कभर्डहलमा भएका खेलमा नेपालका दुवै टोली उपविजेता बने । महिला टोलीले समूह चरणमा भुटान, जर्मनी, श्रीलंका र बंगलादेशलाई हराएको थियो । क्वार्टरफाइनलमा इरान र सेमिफाइनलमा युगान्डालाई हराएर फाइनल पुगेको टोलीले भारतविरुद्ध भने पराजय भोग्नुप¥यो ।

त्यस्तै, समूह चरणमा भारतसँग पराजित भए पनि नेपाली पुरुष टोली ब्राजिल, पेरू र भुटानलाई हराएर क्वार्टरफाइनल पुगेको थियो । क्वार्टरफाइनलमा बंगलादेश र सेमिफाइनलमा इरानलाई हराएर फाइनल प्रवेश गरेको टोली भारतविरुद्ध भने पराजित भयो । खो–खो खेललाई पनि खेलकुद विकास नियमावली ०७९ मा ओलम्पिकसरह मानिएको छ । यसको उपविजेताले ४५ लाख पाउने नियमावलीमा व्यवस्था छ ।

सुझावित समाचार